इटहरी : नेकपा (एमाले) मोरङमा विनोद ढकालको समूह विजयी भएको छ । १० औं जिल्ला अधिवेशनबाट ढकाल समूहको प्यानलै विजयी भएसँगै पार्टी अध्यक्ष केपी शर्मा ओली समूहलाई धक्का परेको छ ।
अन्तिम मतपरिणाम अनुसार संस्थापन पक्षलाई पराजित गर्दै अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी संस्थापन पक्षका राजकुमार ओझालाई ३९ मतान्तरले पराजित गरे ।
राईले ४ सय ४६ मत प्राप्त गर्दा ओझाले ४ सय ७ प्राप्त गरे । उपाध्यक्षमा सागर थापाले ४ सय २२ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी शान्ति लिम्बू भुजेलले ३ सय ९१ मत प्राप्त गरिन् ।
त्यस्तै, सचिवमा सोमराज थापा निर्वाचित भए । थापाले ४ सय ६१ मत प्राप्त गर्दा प्रतिस्पर्धी रविन थापाले ३ सय ६८ मत प्राप्त गरे ।
उपसचिवमा सन्तोष वान्तवाले ४ सय ९० मत प्राप्त गर्दै निर्वाचित भए । प्रतिस्पर्धी ईर्जालाल राजवंशीले ३ सय ११ मत मात्रै प्राप्त गरे।
महिला उपसचिवमा उषा झा निर्वाचित भइन् । उनले ४ सय १८ मत प्राप्त गर्दा प्रतिस्पर्धी शिल्पा निराला कार्कीले ४ सय ५ मत पाइन् ।
अधिवेशनमा ८ सय ८८ मत खसेको थियो । ९ सय ११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित भएका थिए । एमाले मोरङको अधिवेशन फागुन १७ गतेदेखि विराटनगरमा सुरु भएको थियो ।













Discussion about this post