धरान : धरान उपमहानगरपालिका १७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट लागूऔषध गाँजासहित फर्मका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान १३ का मनिराज राई रहेका छन् । गएराति कृषि फर्ममा लागूऔषध गाँजाको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले फर्मको कोठामा १० वटा प्लास्टिकको बोरामा लुकाईछिपाई राखेको अवस्थामा तीन सय सात किलोग्राम गाँजा बरामद गरेको जनाएको छ ।
पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post