विराटनगर : झापा र मोरङबाट लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका ६ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा तनहुँ व्यास नगरपालिका १० का २८ वर्षीय उत्सव पौडेल, काठमाण्डौँ टोखा नगरपालिका ३ का ४० वर्षीय अर्जुनराज पाण्डेलाई ८ ग्राम ६१० मिलिग्राम र रौतहट गरुडा नगरपालिका ५ का २१ वर्षीय रमोधराय यादवलाई ८ ग्राम ७९० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
यता, लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका १५ स्थितबाट धरान १४ का २४ वर्षीय सुशील भुजेललाई निषेधित औषधी लुपिजेसिक, एभिल र डाइजेपामसमेत गरी १५६ एम्पुलसहित नियन्त्रणमा लिएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कटहरी गाउँपालिका १ का ४१ वर्षीय गोपाल कुमार राजबंशीलाई ५ किलोग्रा गाँजासहित र विराटनगर ४ का ६२ वर्षीय सहरुद्दिन मियाँलाई ३ किलोग्राम गाँजासहित पक्राउ गरेको छ ।
लागूऔषध ब्राउनसुगर, निषेधित औषधी र गाँजासहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
Discussion about this post