इटहरी : इटहरीमा इष्टर्न टुरिजम मार्टको उद्घाटन भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मार्टको उद्घाटन गरेका हुन् ।
नेपाल पर्यटन बोर्डको आयोजना, कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाको आर्थिक सहयोगमा मार्टको आयोजना गरिएको हो ।
२७ गते मंगलबारसम्म सञ्चालन हुने मार्टको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पर्यटन पूर्वाधार विकासमा सार्थक प्रयास भइरहेको बताए ।
आर्थिक समृद्धिको पहिलो आधार पर्यटन क्षेत्र भएकाले यसमा सरकारले ध्यान दिइरहेको उनले बताए ।
मुलुकको आर्थिक समृद्धि र विकासलाई उच्च प्राथमिकतामा राखेर कोशी प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा सरकार अगाडि बढिरहेको उनले बताए ।
धार्मिक पर्यटन र पर्या पर्यटनलाई जोड्नका निम्ति उक्त मार्टले सहजीकरण गर्ने बताइएको छ । मार्ट आयोजनाका लागि करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यो पनि – इटहरीमा तीन दिने इष्टर्न टुरिजम मार्ट हुँदै, आम नागरिकले अवलोकन गर्न पाउने (भिडियोसहित)
Discussion about this post