Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

इटहरीमा तीन दिने इष्टर्न टुरिजम मार्ट हुँदै, आम नागरिकले अवलोकन गर्न पाउने (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २२, २०८१
in भिजिट नेपाल, समाचार
0
इटहरीमा तीन दिने इष्टर्न टुरिजम मार्ट हुँदै, आम नागरिकले अवलोकन गर्न पाउने (भिडियोसहित)
144
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा तीन दिने इष्टर्न टुरिजम मार्टको आयोजनाको तयारी गरिएको छ ।

यही फागुन २५ गते आइतबार इटहरीको सोल्टी वेष्टनमा उद्घाटन हुनेछ । उक्त मार्ट पाँचौपटक गर्न लागिएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

नेपाल पर्यटन बोर्डका कार्यक्रम प्रबन्धक उदय भट्टराईका अनुसार इटहरीको सोल्टी वेष्टनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मार्टको उद्घाटन गर्नेछन् ।

उनका अनुसार कोशी प्रदेशबाट पर्यटन व्यवसायी, ग्रामीण पर्यटनकर्मी र धार्मिक पर्यटन क्षेत्रका संस्थाहरूबाट पर्यटन सम्बद्द स्टल राखिनेछ ।

‘भारतका तीन प्रदेश बंगाल, बिहार र सिक्किमबाट र भुटानका गरी एक सय बढी पर्यटन व्यवसायी, पत्रकार र पर्यटनकर्मी सहभागी हुने हाम्रो विश्वास छ,’ भट्टराईले भने, ‘नेपालका र खासगरी कोशी प्रदेशका पर्यटन सम्बद्ध सस्थाका नेतृत्वहरू सहभागी हुनेछन् ।’

कार्यक्रम संयोजक देवी गौतम (रविन)का अनुसार कोशी प्रदेश सरकारले भ्रमण वर्ष २०८२ मनाउने तयारी गरिरहँदा उक्त मार्टले पर्यटनको प्रबद्र्धन गर्नेछ । मार्टमा एक सय ५० वटा स्टल राखिनेछ ।

‘पर्यटनको प्रवद्र्धन र विकासका लागि एकीकृत प्रयास गर्ने उद्देश्यले इष्टर्न ट्राभल मार्टको आयोजना गर्न लागिएको हो,’ उनले भने, ‘कोशी प्रदेशको पर्यटनका मुख्य लक्षित वर्ग भारतीय पर्यटकहरू र प्रदेशका पर्यटन व्यवसायीहरूबीच एक स्थानमा जमघट गराएर व्यवसाय आदानप्रदान गर्ने यसको मुख्य उद्देश्य हो ।’

मार्ट आयोजक समितिका सचिव बासुदेव बरालका अनुसार २६ गते धरान, भेडेटार, बराहक्षेत्र, कोशी टप्पु, रामधुनी लगायतका स्थानहरूको भ्रमण कार्यक्रम हुनेछ ।

यसैगरी सोही दिन यहाँका स्थानीय र खासगरी पर्यटनमा चासो राख्ने व्यक्तिहरूका लागि स्टल भ्रमण गर्ने समय तय भएको छ । स्टल राख्ने र स्टल अवलोकन गर्नेहरूले कुनै शुल्क तिर्नु नपर्ने बरालले बताए ।

साथै, सोही कार्यक्रमको अवसर पारेर पूर्वको पर्यटन पूर्वाधारमा ठूलो लगानी गर्ने व्यवसायीहरूलाई पर्यटन अवार्डद्वारा सम्मानसमेत गरिने उनको भनाइ छ । मार्ट २७ गते विराटनगरको इष्टर्न स्टारमा समापन हुनेछ ।

खासगरी स्टलमा चौधरी समुदायको घर र पहाडी समुदायको घर आकर्षकको रूपमा रहेको उनले बताए ।

‘अधिकांश पर्यटनका वस्तुहरूको स्टल प्रदर्शनी गरिनेछ । ती स्टल आम नागरिकले अवलोकन गर्न पाउनेछन्,’ उनले भने, ‘पूर्वी पहाडमा कस्तो घर हुन्थ्यो र हामी कस्तो घरमा हुर्किएका थियौँ भनेर थाहा पाउनका निम्ति पूर्वी पहाडको घरको स्वरूप बनाएका छौँ ।’

खासगरी पहाडी र तराई समुदाय बसोबास गर्ने घरको स्वरूप निर्माण गरिएको उनले बताए ।

उनका अनुसार धार्मिक पर्यटन र पर्या पर्यटनलाई जोड्नका निम्ति पनि उक्त मार्टले सहजीकरण गर्नेछ । मार्ट आयोजनाका लागि करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

मार्टका लागि नेपाल पर्यटन बोर्डले लगानी गरेको छ । जसले ३० लाख रुपैयाँ लगानी गरेको छ भने कोशी प्रदेश सरकार र इटहरी उपमहानगरले पाँच–पाँच लाख रुपैयाँ लगानी गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भिडियो

Tags: #पर्यटन#भिजिट नेपालबासुदेव बराल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता
समाचार

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पाङ प्रधानमन्त्री

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

धरान । श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा बहुमतको सरकार गठन गर्ने लक्ष्यसहित आगामी निर्वाचनमा संगठन विस्तार र जनसमर्थन बढाउने योजना...

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद
समाचार

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएको सुर्तीजन्य पदार्थ बरामद गरेको छ।...

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल – भदौ २२ गते सोमबार

भदौ २२, २०८३
हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पाङ प्रधानमन्त्री

भदौ २१, २०८३
सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

भदौ २१, २०८३
भोको मान्छे (कविता)

भोको मान्छे (कविता)

भदौ २१, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.