हाडीफोर जलपंक्षी सिमखेत, नदी, ताल र जलाशय आसपास पाइने चरा हो।
यसले पानीमा डुबुल्की मारेर माछा समात्छ र प्रायः रूख, ढुंगा वा किनारमा पखेटा फैलाएर सुकाउँदै बसेको देखिन्छ। कालो रङ, लामो घाँटी र धारिलो चुच्चो यसको पहिचान हो।
सिमसारको स्वास्थ्य सूचक मानिने हाडीफोर प्रदूषण, विषादी र बासस्थान नष्ट हुँदा जोखिममा पर्न थालेको छ।
यसको उपस्थिति घट्नु भनेको जलस्रोतको अवस्था बिग्रँदै गएको संकेत पनि हो।
तस्बिरमा देखिएका हाडीफोर इटहरीस्थित तरहरा क्षेत्रमा देखिएको हो।

तस्बिरहरू : गुरु ढकाल ।














Discussion about this post