इटहरी : इटहरीको मुख्य चोक क्षेत्रमा ट्रकले साइकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।
प्र १-०२-००२ ख ५९२ नम्बरको ट्रकले मुख्य चोकमै ठक्कर दिँदा तत्काल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीका अनुसार ट्रक चालकको गम्भीर लापरबाहीका कारण घटना भएको हो ।
मुख्य चोक जस्तो व्यस्त क्षेत्रमा भएको दुर्घटनापछि केही समय स्थानीयमा आक्रोश देखिएका छन् ।
ठक्कर दिने ट्रक र चालक तेह्रथुमका दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
व्यस्त शहरी क्षेत्रमा बारम्बार सवारी दुर्घटना हुन थालेपछि ट्राफिक व्यवस्थापन र सडक सुरक्षाबारे पुनः प्रश्न उठ्न थालेको स्थानीयको भनाइ छ ।
अपडेट : मृतक मोरङको सुन्दरहरैँचाका ४० वर्षीय कुमार श्रेष्ठ रहेको खुलेको छ ।














Discussion about this post