Thursday, February 19, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home निर्वाचन

फागुन ४ गतेदेखि १८ गतेसम्म चुनावी प्रचारप्रसार पाइने

रासस by रासस
फाल्गुन ३, २०८२
in निर्वाचन, समाचार
0
स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते मनोनयन दर्ता
54
SHARES
Share on FacebookShare on Twitter

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा निर्वाचनका लागि घरदैलो कार्यक्रम गरी निर्वाचन प्रचारप्रसार गर्न निर्देशन दिएका छन् ।

यही फागुन २१ गते बिहीबारका दिन सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यक्रम अनुसार सोमबारदेखि सुरु हुने प्रचारप्रसारका कार्यक्रमअघि आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दललाई निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्‍याउने वा पुर्याउन लगाउने काम नगर्न निर्देशन दिएका हुन् ।

यसैगरी थुनछेक गर्ने वा गराउने, कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, कुनै किसिमको क्षति पुर्‍याउने, धाक धम्की वा डर त्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पुर्‍याउने, सामाजिक बहिष्कार गर्ने वा सामाजिक बहिष्कार गर्न धम्की दिने, कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने जस्ता काम गरी प्रभावमा नपार्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्देशन दिए।

“निर्वाचनको अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य र बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर गर्न वा सार्वजनिक भोजको आयोजना गर्न वा त्यस्तो प्रयोजनका लागि नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न वा सार्वजनिक भोजमा सहभागी हुन हुँदैन, निर्वाचन प्रचारप्रसार गर्दा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमा आँच पुर्‍याउने वा खलल पार्ने, जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ता वा प्रतिस्पर्धात्मक बहुदलीय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच पु¥याउने वा खलल पार्ने, कुनै धर्म, जात जाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्‍याउने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्षेत्रीयताको आधारमा घृणा वा द्वेष उत्पन्न गर्ने कार्य गर्न गराउन हुँदैन”, उनले भने।

निर्वाचनको नतिजामा प्रभाव पार्न कुनै उम्मेदवार वा निजको परिवारको सदस्यको कुनै पनि किसिमले चरित्र हत्या गर्न वा गराउन वा कुनै तबरबाट डर, त्रास तथा धम्की दिन नहुने आयोगको निर्देशनमा उल्लेख छ ।

निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख भए बमोजिम ७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इञ्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ र मुद्रकको नामसहितको पर्चा वितरण गर्नबाहेक कुनै प्रकारको पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन, कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन, सभा वा भेलामा वा त्यस्तो सभा वा भेलाका लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि बाहेक अन्यत्र साउण्ड सिस्टमको प्रयोग गर्न वा गराउन नहुने आयोगले जनाएको छ ।

मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने भनी आयोगले राजनीतिक दललाई निर्देश गरेको छ ।

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व भएको संस्था वा कुनै शिक्षण संस्था वा गैरसरकारी संस्थाको सवारीसाधन प्रयोग गर्न वा गराउन, कुनै सवारी साधनको प्रयोग गरी र्‍याली गर्न वा गराउन नहुने पनि आयोगले जनाएको छ ।

निर्वाचन प्रचारप्रसारको सिलसिलामा सरकारी कर्मचारी, सुरक्षाकर्मी वा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न वा गराउन नहुने, निर्वाचन प्रचारप्रसारमा प्रचलित सङ्घीय कानुन विपरीत हुने गरी सरकारी वा सार्वजनिक निकाय वा गैरसरकारी सङ्घ संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नहुने आयोगले निर्देशन दिएको छ ।

Tags: #राससनिर्वाचननिर्वाचन आयोग
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

झापाका २८६ मतदान केन्द्र ‘अतिसंवेदनशील’, झापा–५ मा उच्च सुरक्षा सतर्कता
FEATURE BREAKING

झापाका २८६ मतदान केन्द्र ‘अतिसंवेदनशील’, झापा–५ मा उच्च सुरक्षा सतर्कता

by टाकुरा न्यूज । इटहरी
फाल्गुन ६, २०८२
0

झापा : आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापाका ९५ मतदानस्थल र २८६ मतदान केन्द्रलाई ‘अतिसंवेदनशील’ सूचीमा राखिएको छ। तीमध्ये झापा–५...

समाचार

खोटाङमा सामुदायिक भवनमा आगलागी

by रासस
फाल्गुन ६, २०८२
0

खोटाङ : खोटाङको साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड १६ लाख ३६ हजार रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान...

दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी

भोजपुरमा पहिलो पटक आमाको नामबाट नागरिकता जारी

फाल्गुन ६, २०८२
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

जंगलमा ‘स्टक प्वाइन्ट’ बनाएर गाँजा लुकाउने गिरोह सक्रिय, २०५ किलोसहित दुई पक्राउ

फाल्गुन ६, २०८२
स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते मनोनयन दर्ता

बिहीवार १० औँ निर्वाचन दिवस मनाइँदै

फाल्गुन ६, २०८२
भोजपुरमा निर्वाचन सुरक्षामा खटिएको सेनाको बस दुर्घटनाः २६ जना घाइते

भोजपुरमा निर्वाचन सुरक्षामा खटिएको सेनाको बस दुर्घटनाः २६ जना घाइते

फाल्गुन ६, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापाका २८६ मतदान केन्द्र ‘अतिसंवेदनशील’, झापा–५ मा उच्च सुरक्षा सतर्कता

झापाका २८६ मतदान केन्द्र ‘अतिसंवेदनशील’, झापा–५ मा उच्च सुरक्षा सतर्कता

फाल्गुन ६, २०८२

खोटाङमा सामुदायिक भवनमा आगलागी

फाल्गुन ६, २०८२
दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी

भोजपुरमा पहिलो पटक आमाको नामबाट नागरिकता जारी

फाल्गुन ६, २०८२
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

जंगलमा ‘स्टक प्वाइन्ट’ बनाएर गाँजा लुकाउने गिरोह सक्रिय, २०५ किलोसहित दुई पक्राउ

फाल्गुन ६, २०८२



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लागूऔषध : इटहरीकी सोनिका र इशासहित चार जना पक्राउ

    503 shares
    Share 201 Tweet 126
  • इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    327 shares
    Share 131 Tweet 82
  • सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गौतमको ‘प्रेमकथा’ सार्वजनिक

    252 shares
    Share 101 Tweet 63
  • रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

    233 shares
    Share 93 Tweet 58
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    214 shares
    Share 86 Tweet 54

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.