Wednesday, February 18, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

लाफा दाइको २८ वर्षे आर्ट यात्रा …

रासस by रासस
फाल्गुन ४, २०८२
in कला साहित्य, विविध, समाचार
0
लाफा दाइको २८ वर्षे आर्ट यात्रा …
53
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका भोजबहादुर थापामगर ‘लाफा दाइ’ले आर्ट (चित्रकला) व्यवसाय सुरु गरेको २८ वर्ष पूरा भयो ।

कलाकार भोजबहादुर आफ्नो नामले भन्दा कामले परिचित भएको छ । उनको आर्ट फर्मको नाम हो ‘लाफा आर्ट’ ।

उनी आफ्नो वास्तविक नाम (भोजबहादुर)ले भन्दा पनि लाफा दाइ भनेर चिनिने गरेका छन् । लाफा भनेको मगर भाषामा साथी हो ।

स्नातकसम्मको अध्ययन पूरा गरेर जिल्ला फर्किएका भोजबहादुरले विसं २०५४ मा दिक्तेल बजारमा आर्ट व्यवसाय सुरु गरेका थिए ।

आधिकारिक रुपमा ‘लाफा आर्ट’ फर्म दर्ता गरेर व्यवसाय सुरु गरेका भोजबहादुरको अहिले मासिक कमाई रु ८० हजारदेखि रु एक लाखसम्म हुने गरेको जनाइएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित सल्लेसीटोलका गेहकुमार सैँजूको घरमा एउटा कोठा भाडामा लिएर आर्ट व्यवसाय सुरु गरेका भोजबहादुरले अहिले त्यसैको कमाईबाट आफ्नै घरसमेत किन्न सफल भएका छन् ।

केही थान कुची र रङको डब्बा राखेर व्यवसाय सुरु गरेका भोजबहादुरको अहिले फर्ममा मात्रै रु चार करोड बढी लगानी पुगेको भोजबहादुरले जानकारी दिए।

डुम्रेधारापानी निवासी पदमबहादुर र शुभद्रमायाँ थापामगरका कान्छो सन्तानका रुपमा विसं २०३४ पुस १५ गते जन्मनुभएका भोजबहादुरले सामाजिक शास्त्रमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् ।

विसं २०६१ सालमा साकेला गाउँपालिका–२ रतन्छाकी रेनुका राईसँग प्रेमविवाह गरेका भोजबहादुरको दुई छोरी र एक छोरा छन् ।

सुरुमा ब्यानर तथा भित्ते लेखन गरेका भोजबहादुरको आर्ट फर्ममा अहिले आर्टसम्बन्धीका सम्पूर्ण काम, शिलालेख, ताम्रपत्र, टुडी बोर्ड, लाइभ बोर्ड, थ्रिडी बोर्ड, डिजिटल बोर्ड, निओन बोर्ड, टी–सर्ट तथा छापहरु प्रिन्टलगायत सबै सेवा उपलब्ध छ । बिहानदेखि राति अबेरसम्म सेवाग्राहीको भीड लाग्ने भोजबहादुरको आर्ट फर्ममा उनकी श्रीमती रेनुकाले भरपुर सहयोग गर्दै आएका छन्।

आर्ट व्यवसायबाट नाम र दाम दुवै कमाउनुभएका भोजबहादुरले विभिन्न सङ्घ/संस्थाबाट सम्मान प्राप्त गरिसकेका छन्।

ललितकला सङ्गम विराटनगर र रोटरी क्लबले विसं २०५८ तथा खोटाङ वाङ्मय कला प्रतिष्ठानले विसं २०६० मा ताम्रपत्रसहित भोजबहादुरलाई सम्मान गरेको हो ।

सरकारी कार्यालय तथा सार्वजनिकस्थलहरुमा झुन्डिएका बोर्ड तथा ब्यानरहरु सबैमा लाफा आर्ट लेखिएका भेटिन्छन् ।

आर्टसँगै प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका भोजबहादुरले कला भरेका आर्टका सामग्री बाहिरी जिल्लाहरु धरान, विराटनगर, राजधानी काठमाडौँलगायत सहरहरुमा समेत निर्यात हुने गरेको छ ।

आर्ट व्यवसायबाटै छोराछोरीको पठनपाठन तथा घरव्यवहार चलाउनाका साथै बचत गर्दै आएका भोजबहादुर दम्पतीका जेठी छोरी सीमा थापामगर भारतको बैङ्लोरमा नर्सिङ गर्दै छन्भने कान्छी सन्ध्या थापामगर काठमाडौँको रिलायन्स कलेजमा विज्ञान विषय लिएर कक्षा १२ तथा छोरा सस्टिन थापामगर दिक्तेल इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययन गर्दैछन् ।

धनकुटा बहुमुखी क्याम्पसबाट विसं २०५३ मा स्नातक उत्तीर्ण गर्नुभएका भोजबहादुरले एसएलसीसम्मको अध्ययन गाउँकै देउराली माध्यमिक विद्यालय डुम्रेधारापानीमा गरेका हुन् ।

सानै उमेरदेखि चित्रकलामा रुचि राख्नुहुने भोजबहादुर बिना प्रशिक्षण आर्ट पेसामा व्यावसायिक बनेकाे बताइएको छ ।

“मेरो पढाइ एकातिर भयो । व्यवसाय अर्कोतिर । तरै पनि यही व्यवसायबाट नाम र दाम दुवै कमाएको छु”, उनले भने, “व्यवसाय सफल हुनुमा रेणुको ठुलो हात छ । सेवाग्राहीको चाप भएको समयमा दुई जना (श्रीमान्/श्रीमती) मिलेर सेवा दिइरहेका छौँ । सेवाग्रही पनि सन्तुष्ट हुनुहुन्छ ।”

सेवाग्राहीले जिल्लामा हुने मेला/महोत्सव तथा आमसभाजस्ता सार्वजनिक कार्यक्रमका लागि आवश्यक ब्यानर, सजावटका सामग्रीलगायत सबै भोजबहादुरकै आर्ट फर्म बनाएर लाने गरेका छन् । दिक्तेलस्थित शान्तिटोलमा सञ्चालित लाफा आर्ट फर्मबाट उत्पादित सामग्री आकर्षक र गुणस्तरीय हुने सेवाग्राहीले बताउने गरेका छन् ।

आर्ट व्यवसायमा लामो समयदेखि निरन्तर जमिरहेका भोजबहादुरलाई सेवाग्राहीहरुले जिल्लामा निर्माण भएका पार्क (उद्यान) तथा पाटीपौवामा समेत लगेर कला भर्न लगाउने गरेका छन् । भोजबहादुरले गरेको आर्ट सुन्दर, सफा र दीर्घकालीन हुने उनका सेवाग्राहीहरुले बताउँदै आएका छन् ।

भर्खरै साकेला गाउँपालिकाले निर्माण गरेको साकेला पार्कमा भोजबहादुरले नै आर्ट गरेका छन् । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित गाउँपालिकाको लगानीमा निर्माण गरिएको साकेला पार्कमा भोजबहादुरले विभिन्न जातजातिको मौलिक पहिचान झल्कने आकर्षक चित्रहरु कोरेका छन् ।

आर्ट व्यवसायसँगै प्रशिक्षको भूमिका निर्वाह गर्दै आएका भोजबहादुरका चेलाहरुले जिल्लाका विभिन्न ठाउँमा आ–आफ्नो व्यवसाय सुरु गरेका छन् ।

आफूले सिकाएका चेलाहरुले आफ्नो ठाउँमा फर्किएर आर्ट व्यवसायलाई व्यावसायिक रुप दिएकामा भोजबहादुर खुसी छन् । दश स्थानीय तह रहेको जिल्लामा भोजबहादुरसँगै किशोर राई र लक्ष्मण राईले आर्ट व्यवसाय गर्दै आएका छन् । किशोरले ‘रानोहँछा आर्ट’ र लक्ष्मणले ‘दुमी आर्ट’दर्ता गरेर व्यवसाय गरेका हुन्।

Tags: #खोटाङ#राससकला
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

झापाका २८६ मतदान केन्द्र ‘अतिसंवेदनशील’, झापा–५ मा उच्च सुरक्षा सतर्कता
FEATURE BREAKING

झापाका २८६ मतदान केन्द्र ‘अतिसंवेदनशील’, झापा–५ मा उच्च सुरक्षा सतर्कता

by टाकुरा न्यूज । इटहरी
फाल्गुन ६, २०८२
0

झापा : आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापाका ९५ मतदानस्थल र २८६ मतदान केन्द्रलाई ‘अतिसंवेदनशील’ सूचीमा राखिएको छ। तीमध्ये झापा–५...

समाचार

खोटाङमा सामुदायिक भवनमा आगलागी

by रासस
फाल्गुन ६, २०८२
0

खोटाङ : खोटाङको साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड १६ लाख ३६ हजार रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान...

दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी

भोजपुरमा पहिलो पटक आमाको नामबाट नागरिकता जारी

फाल्गुन ६, २०८२
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

जंगलमा ‘स्टक प्वाइन्ट’ बनाएर गाँजा लुकाउने गिरोह सक्रिय, २०५ किलोसहित दुई पक्राउ

फाल्गुन ६, २०८२
स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते मनोनयन दर्ता

बिहीवार १० औँ निर्वाचन दिवस मनाइँदै

फाल्गुन ६, २०८२
भोजपुरमा निर्वाचन सुरक्षामा खटिएको सेनाको बस दुर्घटनाः २६ जना घाइते

भोजपुरमा निर्वाचन सुरक्षामा खटिएको सेनाको बस दुर्घटनाः २६ जना घाइते

फाल्गुन ६, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापाका २८६ मतदान केन्द्र ‘अतिसंवेदनशील’, झापा–५ मा उच्च सुरक्षा सतर्कता

झापाका २८६ मतदान केन्द्र ‘अतिसंवेदनशील’, झापा–५ मा उच्च सुरक्षा सतर्कता

फाल्गुन ६, २०८२

खोटाङमा सामुदायिक भवनमा आगलागी

फाल्गुन ६, २०८२
दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी

भोजपुरमा पहिलो पटक आमाको नामबाट नागरिकता जारी

फाल्गुन ६, २०८२
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

जंगलमा ‘स्टक प्वाइन्ट’ बनाएर गाँजा लुकाउने गिरोह सक्रिय, २०५ किलोसहित दुई पक्राउ

फाल्गुन ६, २०८२



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लागूऔषध : इटहरीकी सोनिका र इशासहित चार जना पक्राउ

    503 shares
    Share 201 Tweet 126
  • इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    307 shares
    Share 123 Tweet 77
  • सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गौतमको ‘प्रेमकथा’ सार्वजनिक

    252 shares
    Share 101 Tweet 63
  • रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

    233 shares
    Share 93 Tweet 58
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    212 shares
    Share 85 Tweet 53

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन