इटहरी : इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट मृत्यु भएका साइकलयात्रीको पहिचान खुलेको छ।
मंगलवार साँझ प्रदेश १-०२-००२ ख ०५९२ नम्बरको ट्रकले ठक्कर दिँदा मोरङको सुन्दरहरैँचा नगरपालिका-४ का ४० वर्षीय कुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्द्र खड्काले जानकारी दिए।
दुर्घटनापछि मृतक श्रेष्ठको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
ट्रक चालक तेह्रथुमका २७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रवक्ता खड्काले बताए।
इटहरीको मुख्य चोकजस्तो अत्यन्त व्यस्त क्षेत्रमा भएको दुर्घटनापछि सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र यात्रुको सुरक्षाबारे पुनः प्रश्न उठेको छ।
यो पनि – इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु














Discussion about this post