धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका–७ गर्जुवास्थित जंगललाई ‘स्टक प्वाइन्ट’ बनाइ ठूलो परिमाणमा गाँजा लुकाइराखिएको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जंगल क्षेत्रभित्र सेतो प्लास्टिकका बोराभित्र लुकाइराखिएको गाँजा फेला पारेको हो।
घटनास्थलबाट १० वटा बोरामा राखिएको जम्मा २०५ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।
प्रहरीले सोही स्थानबाट साँगुरीगढी गाउँपालिका–७ गर्जुवाका ३३ वर्षीय प्रकाश राई र ३४ वर्षीय अशोक राईलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा जंगल क्षेत्रलाई अस्थायी भण्डारण स्थलका रूपमा प्रयोग गरी गाँजा ओसारपसारको तयारी भइरहेको आशंका गरिएको प्रहरीले जनाएको छ।
बरामद गाँजा र पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय धनकुटामा राखी थप अनुसन्धान अघि बढाइएको छ।















Discussion about this post