सरकारले माध्यमिक तहकै मान्यता दिएको कक्षा ११ र १२ मा अब गणित विषयलाई अनिवार्य बनाइएको छ ।
यसअघि ऐच्छिक रहेको यो विषयलाई अब अनिवार्य समूहमा समेटिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले गणितलाई अनिवार्य समूहमा राख्ने निर्णय गरेको हो ।
अब विद्यार्थीले गणित र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षामध्ये एउटा विषय रोज्न पाउनेछन् ।
बैठकले तेस्रो अनिवार्य विषयमा गणित लिन सक्ने व्यवस्था गरेको हो ।
११ तथा १२ का विद्यालयले तेस्रो अनिवार्य विषयका रूपमा गणित वा सामाजिक तथा जीवन उपयोगीमध्ये एउटा अध्यापन गराउनुपर्नेछ ।












Discussion about this post