इलाम : इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा आफ्नै घरको बरण्डामा एक पुरुष मृत फेला परेका छन् । धारिलो हतियार प्रहारबाट ५५ वर्षीय कमल परियारको मृत्यु भएको प्रारम्भिक विवरणले देखाएको छ ।
स्थानीयका अनुसार आज (शनिबार) बिहान ८ः३० बजेतिर घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
परियारको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा धारिलो हतियार प्रहार भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट एक थान हतियारसमेत बरामद गरेको छ । घटनामा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि खोजी भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार परियार विगत चार वर्षदेखि घरमा एक्लै बस्दै आएका थिए । घटनाको कारण र संलग्न व्यक्तिबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
















Discussion about this post