धरान : धरानको सेउती र सर्दु खोलाबाट अवैध रुपमा नदिजन्य वस्तुहरुको तीब्र उत्खनन भएको पाइएको छ ।
धरानको पूर्व भएर बग्ने सेउती र पश्चिम भएर बग्ने सर्दु खोलामा अवैध रुपमा नदिजन्य वस्तुहरुको तीब्र उत्खनन भएको पाइएको हो । खोला किनार र खोला आसपास बसोबास गर्ने स्थानीयहरु खोला उत्खननमा सक्रिय रहेका छन् ।
उनीहरुलाई केही ठेकेदार र दलालहरुले प्रयोग गरिरहेका छन् । दैनिक जसो ढुंगा, गिटी र बालुवा बिक्री हुने गरेको पाइएको छ । उपमहानगरपालिकाले ठेक्का लगाउँदा बाढी पहिरोले भू–क्षय हुन्छ भनेर विरोध गर्ने अनि ठेक्का नलागएको बेलामा आफैँ चोरी निकासी गरेर दोहोरो चरित्र देखाउने काम केही प्रतिनिधिहरुले गरिरहेका छन् ।
धरान उपमहानगरका प्रमुख तिलक राईले खोलाहरुमा नदिजन्य वस्तुको अवैध रुपमा चोरी निकासी भइरहेको जानकारी आएको बताए ।
‘धरान उपमहानगरपालिकाले वार्षिक रुपमा ठेक्का लगाउने गर्छ । यस वर्ष भने खोलाको ठेक्काको सूचना एक दुई दिनमा निस्किने तयारी छ । खोलाको ठेक्का लगाउन ढिलाई भयो, ठेक्का नलगाएको भन्दैमा स्थानीयले नदिजन्य सामग्रीको अवैध रुपमा उत्खनन गरेर बिक्री गर्न हुँदैन’ उनले भने ।
अत्याधिक रुपमा खोला उत्खनन भइरहेकोजानकारी आएको हुँदा सम्बन्धित वडाका अध्यक्षलाई निगरानीका लागि जानकारी गराएको र स्थानीय प्रहरी प्रशासन परिचालन गरिएको बताउँदै धरान उपमहानगरको गम्भीर ध्यानाकर्षण भएको नगर प्रमुख राईको भनाई छ ।














Discussion about this post