Monday, June 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

रासस by रासस
बैशाख ७, २०८३
in विविध, समाचार
0
पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’
58
SHARES
Share on FacebookShare on Twitter

पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरूलाई फाइदै फाइदा पुर्‍याएको छ।

विसं २०७४ सालदेखि समुद्री सतहबाट तीन हजार ५०० मिटर उचाइको फालोट क्षेत्रमा आयोजना हुने महोत्सवले चौँरीपालन संवर्द्धन हुनाका साथै चौँरीजन्य सामग्रीले अन्तर्राष्ट्रिय बजार पाएको छ। चौँरीपालकका गोठहरू नै अहिले पर्यटक बस्ने स्थल बनेका छन् भने यहाँ पूर्वाधार विकास पनि बढ्दै गएको छ।

फालोट याक गोठबासका सञ्चालक एवम् अगुवा चौँरीपालक चन्द्रलाल नेपालका अनुसार महोत्सव आयोजना हुन थालेपछि चौँरी गोठालाहरूमै उत्साह बढेको छ। फालोट क्षेत्रमा २०७४ सालअघि १८ वटा चौँरी गोठ रहेकामा अहिले ३१ वटा गोठ रहेका छन्।

“पेसाप्रति युवा र महिलाहरू आकर्षित छन्। पहिले पुरुषहरू मात्रै गोठमा बस्ने चलन थियो”, उनले भने, “गोठहरू पहिलेभन्दा धेरै सुधार भएका छन्। अहिले गोठमै पर्यटकलाई राख्ने प्रबन्ध भएको छ।”

जसलाई ‘गोठ–बास’ (गोठ–स्टे) भनिन्छ। गोठालाहरू नै पर्यटनतर्फ आकर्षित भएका छन्। तर सबै गोठमा गोठबास कार्यान्वयन हुन सकेको छैन। अहिले १०–१२ वटा गोठले मात्रै पर्यटक राख्न सक्छन्। सन्दकपुर आहालदेखि फालोटसम्म रहेका यी गोठमा गरेर करिब १५० मानिस यहाँ बास बस्न सक्छन्।

वार्षिक रूपमा कम्तीमा पाँच हजार पर्यटक आउने गरेको नेपालको भनाइ छ। असार, साउन र भदौमा अत्यधिक वर्षाका कारण गोठहरू गाउँतर्फ झारिने हुँदा पर्यटकहरूलाई पुग्न र बास बस्न कठिन पर्ने गरेको छ। पहिले यहाँ चौँरीको घिउ र छुर्पी मात्रै उत्पादन हुने गरेकामा अहिले चिज उत्पादन गरी बिक्री हुँदै आएको छ।

महोत्सवकै कारण चौँरीजन्य सामग्रीले बजार पाएको, सरकारी निकायहरूले सहयोग गर्न थालेका र पर्यटकहरू पुग्न थालेको नेपाल बताउँछन्।

फालेलुङको चारराते, तीन सिमानालगायत क्षेत्रका चौँरीपालकहरूको समूह ‘कञ्चनजङ्घा याक चिज उत्पादक समूह’का अध्यक्ष रामचन्द्र गुरुङका अनुसार पछिल्ला वर्षहरूमा चौँरीको सङ्ख्यामा अत्यधिक वृद्धि हुँदै गएको छ।

चौँरीपालनमै आधारित भएर जीविकोपार्जन गर्नेको सङ्ख्या पनि बढेको छ भने पर्यापर्यटनको विकासमा धेरै ठूलो मद्दत पुगेको छ। यसको मुख्य कारण पर्यटकको सङ्ख्या बढ्दै जानु हो। चौँरी महोत्सवले पर्यटक भित्र्याएपछि चौँरीका सामग्रीले राम्रो मूल्य पाउन थालेका छन्।

गुरुङका अनुसार चौँरीको हाडखोर पनि बिक्री हुन्छ। सिङ, पुच्छर पनि बिक्री हुन्छ। चौँरीका धेरै सामग्री धार्मिक/सांस्कृतिक कार्यमा प्रयोग गरिने हुँदा धेरै माध्यमबाट गोठालाहरूले आम्दानी गर्ने गरेका छन्।

पछिल्लो समय नयाँ याकहरू ल्याएर चौँरीका नयाँ प्रजातिको विकासको प्रयास भइरहेको छ, जसले चौँरीको सङ्ख्या बढाउँदै लगेको छ।

ताप्लेजुङका हिमाली भेग र भुटानबाट याक ल्याएर उन्नत प्रजाति उत्पादनको प्रयास चलिरहेको छ, जसमा अहिलेसम्म ४० भन्दा बढी चौँरी हुर्किएको गुरुङको भनाइ छ। अब सरकारले चौँरीमा कृत्रिम गर्भाधानमा सहयोग गर्नुपर्ने उनको माग छ।

चौँरीजन्य सामग्रीको बजार पनि सहजै रहेको अध्यक्ष गुरुङले बताए। “छुर्पीको निर्यातमा कहिलेकाहीँ समस्या आउने गरेको छ, तर बिक्री राम्रै भइरहेको छ”, उनले भने, “अहिले याक चिज उत्पादन भइरहेको छ। यसको बजार पनि राम्रै छ, तर मूल्य वृद्धि हुनुपर्छ।”

याक चिज काठमाडौँमा धेरै निर्यात हुन्छ। अहिले चिज प्रतिकिलो रु ८०० देखि रु एक हजारसम्ममा बिक्री भइरहेको छ भने चौँरीको घिउ रु ८०० पर्छ।

उत्पादित सामग्रीको मूल्य भने कम भएको अध्यक्ष गुरुङको गुनासो छ। “गाई र चौँरीका दुग्धजन्य सामग्रीमा धेरै अन्तर छ। चौँरी त जडीबुटी चरेर दूध दिने जनावर हो”, गुरुङले भने, “तर गाई र चौँरीका दुग्धजन्य सामग्रीको मूल्य करिब बराबर छ। यसले त उत्पादन लागत पनि उठ्न गाह्रो हुन्छ।”

यस पटक पाँचथरकै याङरुमा उत्पादित भेडाको घिउसमेत महोत्सवमा राखिएको थियो। असाध्यै मेहनत पर्ने भएकाले भेडाको घिउ प्रतिकिलो रु १२ हजार पर्ने गरेको बिक्रेता लोकेश गुरुङको भनाइ छ। “भेडाको व्यावसायिक पालन घट्दै गएको अवस्था छ। माग अत्यधिक छ तर घिउ उत्पादन गर्न कठिन पर्ने गरेको छ”, उनले भने, “यसमा राज्यले पनि केही सहयोग गरे हामीलाई सहज हुन्थ्यो।”

विगत नौ वर्षदेखि नयाँ वर्षको दिन चाररातेमा चौँरी महोत्सव आयोजना हुने गरेको छ। महोत्सवमा नेपालका विभिन्न जिल्लासहित भारत, भुटान र बङ्गलादेशबाट पर्यटक आउने गर्छन्। महोत्सवका अवसरमा भेला पारिने सयौँ चौँरीको बथान हेर्ने, यहाँबाट नेपाल, भारत र भुटानका हिमशृङ्खलाको दृश्यावलोकन गर्ने तथा ढकमक्क फुलेको गुराँस र चिमलको रङ्गमा हराउनमै धेरै पर्यटक व्यस्त हुन्छन्।

हिमाली संस्कृतिको जीवन्त प्रस्तुतिसँग साक्षात्कार गर्न पाउँदा सबैलाई यस नेपाल–भारत सीमावर्ती उच्च पहाडले आकर्षित गर्ने गरेको फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगूको भनाइ छ।

Tags: #पाँचथर#राससचौँरीचौँरी महोत्सव
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय
FEATURE BREAKING

विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २५, २०८३
0

विराटनगर : विराटनगर महानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सहसचिव विजयकुमार शर्मालाई स्वागत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा...

मोडिफाई गरिएका सात वटा मोटरसाइकल नियन्त्रणमा, चालकलाई सचेतनामूलक कक्षा
समाचार

मोडिफाई गरिएका सात वटा मोटरसाइकल नियन्त्रणमा, चालकलाई सचेतनामूलक कक्षा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २५, २०८३
0

मोरङ : इलाका प्रहरी कार्यालय लेटाङले आफ्नो कार्यक्षेत्रभित्र सवारी साधनको स्वरूप परिवर्तन (मोडिफाई) गरी अनावश्यक हो–हल्ला मच्चाउने तथा ध्वनि प्रदूषण गर्ने...

झापामा फल्यो दश हजार मेट्रिक टन सुपारी

इलामका किसान व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित

जेष्ठ २५, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीको रामधुनीमा रोकिराखेको टिपरमा तीनजना सवार मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

जेष्ठ २५, २०८३
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

जेष्ठ २४, २०८३
टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय

विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय

जेष्ठ २५, २०८३
मोडिफाई गरिएका सात वटा मोटरसाइकल नियन्त्रणमा, चालकलाई सचेतनामूलक कक्षा

मोडिफाई गरिएका सात वटा मोटरसाइकल नियन्त्रणमा, चालकलाई सचेतनामूलक कक्षा

जेष्ठ २५, २०८३
झापामा फल्यो दश हजार मेट्रिक टन सुपारी

इलामका किसान व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित

जेष्ठ २५, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीको रामधुनीमा रोकिराखेको टिपरमा तीनजना सवार मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

जेष्ठ २५, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.