झापा : झापाको दमक नगरपालिका ३ भुटानी शरणार्थी शिविर सेक्टर डि.४ छाप्रा नम्बर ३९ का ५५ वर्षीय सरे भनिने शेर बहादुर राई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
आज बिहान ५ बजेको समयमा राईले मादक पदार्थ सेवन गरी ४९ वर्षीया श्रीमती बिष्णुमाया तामाङ राईलाई कुटपिट गरी हत्या गरेका थिए ।
हत्या भएको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका २ बाट राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।














Discussion about this post