तेह्रथुम : श्रीमतीको हत्या गरी फरार रहेका तेह्रथुम छथर गाउँपालिका १ का ५२ वर्षीय तेन्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
गत फागुन ३ गते सामान्य घरायसी विवादको विषयलाई लिएर झै–झगडा हुँदा कुटपिट गरी ५६ वर्षीया श्रीमती छिरिङ डोमा शेर्पाको हत्या गरी फरार रहेका शेर्पालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले फागुन ९ गते झापाको काकडभिट्टाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका शेर्पाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।














Discussion about this post