इटहरी : नियन्त्रित लागूऔषध, ब्राउनसुगरसहित इटहरीका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी ७ का २४ वर्षीय लोकनाथ भण्डारी र इटहरी ४ का २३ वर्षीय आशिष चौधरी रहेका छन् ।
उनीहरुलाई झापाको मेचीनगर नगरपालिका ६ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले ४० ग्राम ब्राउनसगुर बरामद गरेको छ । उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।














Discussion about this post