Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८३
in विविध, समाचार
0
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता
76
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका(२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलको क्यान्टिनका रूपमा सञ्चालित विराट किचनले खाद्य स्वच्छता स्तरमा सर्वोच्च श्रेणी (क) वर्ग पाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आज (मंगलबार) गरेको अनुगमनमा विराट किचनले (क) वर्गको उपलब्धि हासिल गरेको हो।

होटल एसोसिएसन कोशी प्रदेशका सचिव पूर्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित ७ सदस्यीय टोलीले अनुगमन सम्पन्न गरेको थियो।

टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी प्रकृति वस्ती, राष्ट्रिय उपभोक्ता संघकी शोभा निरौला, विराटनगर महानगरपालिकाका कृष्णप्रसाद पोखरेल, पर्यटन व्यवसायी सरोज पौडेल, बूढीगंगा गाउँपालिका(२ का वडा सदस्य मीना विश्वास र सहायक हवलदार सुजन प्रधान सम्मिलित थिए।

अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी अप्सरा संग्रौला, हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत प्रमेशराज देवकोटा र विराट किचनका सञ्चालक रविकान्त साहकोसमेत उपस्थिति रहेको थियो।

अनुगमन संयोजक तथा होटल एसोसिएसन कोशी प्रदेशका सचिव भट्टराईले विराट किचनमा खाद्य गुणस्तर, सरसफाइलगायत सम्पूर्ण पक्षहरू पूर्णतः व्यवस्थित रहेको पाइएको बताए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य स्वच्छता स्तरलाई (क) अति उत्तम, (ख) उत्तम, (ग) सन्तोषजनक र (घ) सामान्य गरी चार वर्गमा वर्गीकरण गर्दछ।

बिरामी, तिनका परिवारजन, अस्पताल कर्मचारी तथा आगन्तुकहरूलाई ताजा, पौष्टिक र स्वादिष्ट भोजन उपलब्ध गराउँदै आएको विराट किचनमा हाल ६ जना विशेषज्ञ डाइटिसियन कार्यरत रहेका छन्।

विराट किचनका सञ्चालक रविकान्त साहका अनुसार डाइटिसियनहरूले प्रत्येक बिरामीको स्वास्थ्य अवस्था, उपचार प्रोटोकल र व्यक्तिगत रुचिलाई ध्यानमा राखी खाना योजना तयार गर्छन्।

हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत प्रमेशराज देवकोटाले हस्पिटल परिसरभित्रै गुणस्तरीय खाना उपलब्ध हुने भएकाले बिरामी र तिनका परिवारजनलाई बाहिरी रेस्टुरेन्टमा जानुपर्ने बाध्यता नरहेको बताए।

Tags: विराट टिचिङविराट मेडिकल कलेज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.