तरहरा : इटहरी २० तरहरास्थित तामाङ टोलमा निर्माणाधीन अवस्थामा रहेको कबर्ड हललाई नेपाली कांग्रेसका युवा नेता विकास केसीले आर्थिक सहयोग गरेका छन् ।
कबर्ड हल निर्माणका लागि आर्थिक अभाव भएको कुरा मध्यनजर गरि उनले सहयोग गरेका हुन् ।
नेविसंघका निवर्तमान केन्द्रीय उपसभापति एवं कांग्रेस इटहरीका युवा नेता केसीले कबर्ड हल निर्माण समितिका अध्यक्ष नारायण गुरुङलाई पच्चीस हजारको चेक हस्तान्तरण गरेका थिए । उनले यसअघि पनि विभिन्न क्षेत्रमा सामाजिक काम गर्न तथा उपचार अभावमा रहेका पीडित परिवारलाई आर्थिक सहयोग गर्दै आएका छन् ।
उनी इटहरी कांग्रेसको दर्बिलो नेताका रुपमा परिचित छन् । युवा तथा विद्यार्थीका लोकप्रिय मानिने केसीले आगामी दिनमा समेत रचनात्मक कामका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
अन्दाजी ६० लाखको लागतमा निर्माण हुन लागेको कबर्ड हललाई इटहरी वडा नं. २० ले बीस लाख रुपैयाँ सहयोग गरेको छ । वडाध्यक्ष मणिराम श्रेष्ठले तरहरालाई खेलकुद हबको रुपमा विकास गर्नका लागि उक्त कबर्ड हलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।














Discussion about this post