इटहरी : भोजपुर र तेह्रथुममा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तेह्रथुम, छथर गाउँपालिका ६ असिने बस्ने ९ वर्षीया बालिका रोहिता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० वर्षीया मनमाया राई रहेका छन् ।
बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर बाँया साइडको टाउकोदेखि घाँटीसम्म जलेर अचेत अवस्था भएको थियो । उनको उपचारको तयारी हुँदै गर्दा मृत्यु भएको तेह्रथुम प्रहरीले जनाएको छ ।
यस्तै, राईको बिहीबार बेलुका ६ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर बेहोस भएकी थिईन् । उनको टाउकोमा चोट लागेको थियो ।
प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।














Discussion about this post