झापा : झापा दमक नगरपालिका ६ नमुना मार्गबाट प्रहरीले ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत किसनगंज जिल्ला डिबलबैंक थाना सतकौवा पन्चायत का २६ वर्षीय सिद्धिक आलम रहेका छन् ।
प्रहरीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसुगर २९ ग्राम १६० मिलिग्रामसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post