खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ मा करेन्ट लागेर बालकको मृत्यु भएको छ । स्थानीय लोकेन्द्र राईको १० बर्षीय छोरा टिहाङ राईको करेन्ट लागेर मृत्यु भएको हो ।
आज बिहान घरबाट दिदीको घरतर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



















Discussion about this post