धरान : धरान निवासी प्रा. डा. भीम खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) पदमा नियुक्त भएका छन् ।
नेपाल संस्कृत विश्व विद्यालयको ऐन २०४३ नियम १७ अनुसार उपकुलपति प्रा. डा. यादव प्रकाश लामिछानेको सिफारिसमा खतिवडा नियुक्त भएका हुन् ।
उनलाई प्रधानमन्त्रीको कार्यालयले वैशाख २६ गतेको निर्णयमा वैशाख ३० गते देखि लागू हुनेगरी नियुक्ति पाएका हुन् । उनले आजै नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डी दाङमा नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति, कुल सचिव तथा कर्मचारीहरूको उपस्थितिमा पदभार ग्रहण गरेका छन् ।
४ बर्षे कार्यकाल रहेको सो पदमा नियुक्त भएका प्रा. डा. खतिवडा धरान ७ हिमायती पथ निवासी हुन् ।
टाकुरान्यूजका सल्लाहकार समेत रहेका उनी लामो समयदेखि साहित्य लेखनमा सक्रिय छन् । उनकै केही साता अघि मात्रै गो ब्याक नामक हाइबुन कृति समेत प्रकाशित भएको छ । पिण्डेश्वर क्याम्पसका पूर्व क्याम्पस प्रमुख खतिवडा सोही क्याम्पसका प्राध्यापक समेत हुन् ।














Discussion about this post