चक्रवात यास् पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई हाल गहिरो न्यून चापीय क्षेत्रको रुपमा परिणत भएको छ ।
उक्त गहिरो न्यून चापीय क्षेत्रको असर आउँदा केही दिनमा नेपालको भू–भागमा पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन मौसमविद्हरुले आग्रह गरेका छन् ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीरअति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उच्च हिमाली, पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातरवर्षा र गण्डकी प्रदेशका केही स्थानमा वागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली तथा पहाडी भूभागका १।२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।














Discussion about this post