Saturday, May 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
in कला साहित्य, समाचार
0
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’
59
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : नेपाली साहित्य र सिर्जनशील क्षेत्रका दुई सक्रिय व्यक्तित्वलाई विराटनगरमा सम्मानित गरिएको छ ।

बबरसिंह–देवकुमारी थापा सेवा गुठीले आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि ज्ञान उदास र लेखक तथा सञ्चारकर्मी संगीता श्रेष्ठलाई नगदसहित सम्मान प्रदान गरिएको हो ।

शनिबार आयोजित समारोहमा ‘देवकुमारी थापा स्मृति सम्मान–२०८२’ बाट सम्मानित कवि उदासलाई नगद ५० हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।

करिब ६ दशकदेखि कविता, गीत, मुक्तक र बालसाहित्यमार्फत निरन्तर साहित्य साधनामा समर्पित उदास नेपाली साहित्यका स्थापित स्रष्टा मानिन्छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक रामबहादुर थापा, गुठीका अध्यक्ष प्राध्यापक कविराज न्यौपानेलगायतले उदासको योगदान नेपाली साहित्यको दीर्घकालीन सम्पत्ति भएको उल्लेख गर्दै यस्ता सम्मानले नयाँ पुस्तालाई प्रेरणा दिने बताए ।

त्यसैगरी ‘बबरसिंह थापा स्मृति सम्मान’ बाट सञ्चारकर्मी तथा चलचित्र निर्देशक संगीता श्रेष्ठलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

साहित्य, पत्रकारिता र चलचित्र क्षेत्रमार्फत समाजका विविध पक्ष उजागर गर्दै आएकी श्रेष्ठको बहुआयामिक योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ ।

दुवै जना स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक रामबहादुर थापा, आयोजक संस्थाका अध्यक्ष प्राध्यापक कविराज न्यौपाने, उपाध्यक्ष मालती राई, पूजा थापा श्रेष्ठले दोसल्ला ओढाएर नगद राशि र सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा साहित्यकार खेम नेपाली, बलराम पोखरेल, प्रमोद प्रधानलगायतले देवकुमारी थापाको साहित्यिक योगदान स्मरण गर्दै नेपाली भाषा र बालसाहित्यको विकासमा उनको भूमिका उल्लेखनीय रहेको बताए ।

विराटनगर महानगरपालिका–११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल तथा सदस्यसचिव दिनेशराज सुवेदी ‘दिङ्लाली कान्छो’ले स्थानीय तहमा साहित्यिक गतिविधि प्रवद्र्धनका लागि यस्ता पहल आवश्यक रहेको धारणा राखे ।

गुठीका अध्यक्ष न्यौपानेले स्मृति सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै साहित्य, कला र सञ्चार क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई प्रोत्साहन गर्ने योजना रहेको बताए ।

गुठीका सचिव दिनेश श्रेष्ठ, कोषाध्यक्ष हरिमोहन श्रेष्ठ, सदस्य शोभन नेपालसमेतले बालकथाकार देवकुमारी थापाले नेपाली भाषा, साहित्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

Tags: #साहित्यसम्मान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…
FEATURE BREAKING

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २, २०८३
0

इटहरी : शनिवार (आज) बिहान इटहरी २० तरहरास्थित जंगलमा घाँस काट्न गएकी एक स्थानीय महिलाले झाडी छेउ असामान्य दृश्य देखिन्। नजिक...

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार
विविध

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

by रासस
जेष्ठ २, २०८३
0

मोरङ : प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । पर्यापर्यटनसहितको पर्यटकीय...

हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३
भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

भोजपुरमा अनलाइनमार्फत घरमै नक्सा

जेष्ठ २, २०८३
खोटाङमा उभौली : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

साकेला समापन : युवापुस्तालाई मौलिक परम्परा, सामूहिकता र प्रकृति सम्मानको सन्देश

जेष्ठ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

जेष्ठ २, २०८३
पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

जेष्ठ २, २०८३
हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    691 shares
    Share 276 Tweet 173
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    652 shares
    Share 261 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    623 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    511 shares
    Share 204 Tweet 128
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    380 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.