तरहरा : इटहरी २० तरहरामा कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ । व
डाध्यक्ष मणिराम श्रेष्ठले तरहरामा कोरोनाका कारण थप एकजनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार तरहराकी अन्दाजी ७० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।
‘स्वास्थ्यमा समस्या देखिएपछि आज वीपी प्रतिष्ठान धरान लगिएको थियो,’ श्रेष्ठले फोन सम्पर्कमा भने, ‘आजै मृत्यु भयो ।’
महिलालाई केही दिनदेखि स्वास्थ्यमा समस्या रहेको उनले बताए । यो सँगै कोरोनाका कारण तरहरामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।














Discussion about this post