पाँचथर : धतुरोको तरकारी खाँदा पाँचथरमा एकजनाको मृत्यु भएको छ ।
एक साताअघि धतुरोको तरकारी खाएर बिरामी भएका पाँचथर फाल्गुनन्द गाउँपालिका–४ चिलिङदेनका ६८ वर्षीय लक्ष्मी नेम्बाङको गएराति मृत्यु भएको हो ।
बारीमा पाइने धतुरो प्रजातिको झारपातको तरकारी बनाएर खाँदा उनीसहित परिवारका सातै जना बिरामी भएका थिए ।
नेम्बाङको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको उनका छोरा लोकेन्द्र नेम्बाङले जानकारी दिए । परिवारका अन्य सदस्यहरू भने निको भइसकेका छन् ।














Discussion about this post