इटहरी : इटहरी उपमहानगरपालिका–११ मा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले आइतबार बेलुका करिब ८ बजेतिर विशेष सूचनाका आधारमा छापा मार्दा उक्त परिमाणको लागूऔषध बरामद गरेको हो।
प्रहरीका अनुसार भारत बिहार राज्य नरपतगंज स्थायी ठेगाना भएका २९ वर्षीय मोहम्मद सहनेवाज इटहरी–११ स्थित शारदा बिकको घरमा डेरा गरी बस्दै आएका थिए।
उनको कोठाबाट लागूऔषध ट्रमाडोल ५०,५४० क्याप्सुल र डाइसाइक्लोमिन ९,५२० ट्याब्लेट गरी जम्मा ६०,०६० पिस बरामद गरिएको प्रहरीले जनाएको छ।
साथै, उनले प्रयोग गर्दै आएको प्र १–०२–०५०प ७१२२ नम्बरको स्कुटर र एक थान मोबाइलसमेत बरामद गरिएको छ।
प्रहरीले सहनेवाजलाई लागूऔषध, स्कुटर र मोबाइलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।















Discussion about this post