पाँचथर : पाँचथर याङवरक गाउँपालिका २ मा पहिरोसँगै झरेको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा याङवरक २ लेखेवाका ५८ वर्षीय टेकनाथ धौराली रहेका छन् । उनको टाउको, शरीरमा ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नुवाखोलाबाट निकालिएको पानीको कुलो बनाउने क्रममा पहिरोसँगै आएको ढुंगाले लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post