Thursday, April 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

प्रदेश १ का यातायात मजदुरको आक्रोश : ‘खान नपाएर मान्छे मर्ने दिन नआओस्’

सबै मजदुरलाई भ्याक्सिन उपलब्ध गराउन माग

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १५, २०७८
in टाकुरा विशेष, समाचार
0
प्रदेश १ का यातायात मजदुरको आक्रोश : ‘खान नपाएर मान्छे मर्ने दिन नआओस्’
296
SHARES
Share on FacebookShare on Twitter

इटहरी : प्रदेश १ का यातायात मजदुर नेताहरुले सरकारले राहत प्याकेज नल्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मंगलबार इटहरीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ १ नं. प्रदेशको संयोजनमा मजदुर संघठनसहितका पदाधिकारीहरुले सरकारले मजदुरको हितमा आवश्यक राहत प्याकेज नल्याए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

नेपाल ट्रेड युनियन कांग्रेसका उपमहासचिव ज्योति कोइरालाले यातायात व्यवसायी र मजदुर संगठनहरु एक हुनुको विकल्प नरहेको उदृत गर्दै सरकारले तत्काल श्रमिकलाई भ्याक्सिन उपलब्ध गराउनुपर्ने माग राखे ।

‘श्रमिक वर्गहरु कोभिडको प्रत्यक्ष असरमा परेका छन्, हाम्रो पहिलो माग भनेकै सरकारले कुनै हालतमा मजदुरहरुलाई भ्याक्सिन उपलब्ध गराउनुपर्यो,’ कोइरालाले भने, ‘यसबेला राज्य लाचार भएर बसेको छ, १८ गतेसम्म कुनै निर्णय नभएमा मजदुरहरु रोडमा आउन बाध्य छन् ।’

यतिबेला कोरोना महामारीका कारण रोगले भन्दा पनि भोकले मर्नुपर्ने स्थिति आइसकेको उनको भनाई थियो । आक्रोशमिश्रित भावमा उनले भने, ‘हस्पिटलमा रहेका मजदुरहरु खान नपाएर मर्नुपर्ने स्थिति छ, घरमै रहेका मजदुरहरुले पनि खान नपाएर मनुपर्ने स्थिति छ, मान्छेले खान नपाएर मर्ने दिन नआओस् ।’

मजदुरको हितका निम्ति राज्य राहत प्याकेज तथा अन्य कामबाट बिमुख भएको अवस्था आएको उनको तर्क छ । ‘अझै पनि सरकार लाचार बनिरहने हो भने श्रमिकहरु रोडमा आउनुको विकल्प छैन, रोगभन्दा पनि भोकले मर्ने स्थिति आइसक्यो ।’ उनले भने ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाल ट्रेड युनियन कांग्रेसका उपमहासचिव ज्योति कोइराला ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ १ नं. प्रदेशका महासचिव रमेश खत्रीले कोभिडका कारण सबैभन्दा बढी मारमा परेको व्यवसाय यातायात क्षेत्र नै रहेको उल्लेख गर्दै यातायात सञ्चालन नभए अरु व्यवसाय अपांग सो सरह रहने तर्क गरे ।

‘यो व्यवसायमा जोडिएका मजदुरको हितमा सरकारले केही सम्बोधन गर्न सकेन,’ खत्रीले भने, ‘सार्वजनिक सवारी सन्चालनसँगै मजदुरलाई भ्याक्सिन उपलब्ध गराउनुपर्ने अवस्था छ, पहिलो चरणमा तत्कालै सबै मजदुरहरुलाई भ्याक्सिन उपलब्ध गराउन आवश्यक छ ।’

उनका अनुसार प्रदेश १ मा ३५ हजार भन्दा बढी ठूला–साना गरी सार्वजनिक यातायात रहेका छन् भने यातायात क्षेत्रसँग जोडिएका झण्डै एक लाख मजदुर छन् । उनीहरुको हितका निम्ति सरकारले काम गर्न नसकेको बताए ।

‘आयल निगमले महिनाको तीनपटकसम्म पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ, अब सार्वजनिक यातायातको भाडा बढाउने कि नबढाउने,’ प्रश्न गर्दै उनले भने, ‘अहिलेसम्मको ब्याज मिनाहा, कर छुटको समेत माग राखेका छौँ ।’

सरकारसँग बुँदागत रुपमा सहमति भएमात्रै यातायात सञ्चालन गर्ने अन्यथा आन्दोलन गर्न बाध्य हुने उनको चेतावनी थियो ।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपमहासचिव तथा प्रदेश १ का इन्चार्ज मानु मैनालीले अहिले रोगका कारण भन्दा पनि मजदुरहरु भोकले मनुपर्ने अवस्था आइसकेको बताए ।

‘श्रमिकको अवस्था दयनीय छ, गाडी व्यवसायीले पनि केही दिन सकिरहेको अवस्था छैन,’ उनले भने, ‘व्यवसायीले ऋृणको कारण देखाउँदै मजदुरलाई खान लाउन दिन सक्ने स्थिति छ भने सरकार गैरजिम्मेवार बनिरहेको छ ।’ सबै मजदुरहरुलाई कोभिड भ्याक्सिन उपलब्ध गराउँदै सहज रुपमा यातायात सन्चालन गर्न आवश्यक रहेको उनको भनाई थियो ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ १ नं. प्रदेशका उपाध्यक्ष टंकप्रसाद आचार्यले भ्याक्सिन नै विकल्प रहेको भएपनि राज्य उदासिन रहेको बताए ।

‘गरिखाने बाटो थन्किएको अवस्थामा मजदुरको चुल्होमा आगो बल्ने स्थिति छैन, मजदुरको समाधान कहिँबाट भएन,’ आचार्यले भने, ‘स्वास्थ्य, शिक्षाको जिम्मेवारी राज्यले नै लिनुपर्ने भएपनि सरकार उदासिन छ ।’

व्यवसाय रह्यो भनेमात्र श्रमिक रहने र श्रमिक रह्यो भनेमात्र व्यवसाय रहने भएकाले सबैको हित हुनेगरी सरकारले आवश्यक प्याकेज ल्याउनुपर्ने मजदुर नेता तथा यातायात व्यवसायीहरुको माग रहेको छ ।

Tags: #प्रदेश १#सार्वजनिक यातायातटाकुरा विशेषमजदुर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी
FEATURE BREAKING

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

by टाकुरा न्यूज । इटहरी
बैशाख १७, २०८३
0

इटहरी : सुनसरी जिल्लामा सुकुम्बासी बसोबासको सबैभन्दा ठूलो केन्द्र धरान उपमहानगरपालिका बनेको छ। उपलब्ध तथ्यांक अनुसार धरानमा मात्रै १४ हजार ७...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा विद्यार्थी बोकेको बस दुर्घटना

by रासस
बैशाख १७, २०८३
0

झापा : कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक...

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

बैशाख १७, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापा बाहुनडाँगीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

बैशाख १७, २०८३
इटहरीका ६ वटासहित ८ फार्ममा बर्डफ्लु पुष्टि, ४२ दिनसम्म नयाँ कुखुरा पालन गर्न नपाइने

सुनसरीमा बर्डफ्लू संक्रमणको महामारी, २३ फर्मका कुखुरा नष्ट, ३० करोडभन्दा बढी क्षति

बैशाख १७, २०८३
मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

बैशाख १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

बैशाख १७, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा विद्यार्थी बोकेको बस दुर्घटना

बैशाख १७, २०८३
निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

बैशाख १७, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापा बाहुनडाँगीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

बैशाख १७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1489 shares
    Share 596 Tweet 372
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    646 shares
    Share 258 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.