मोरङ : मोरङको पथरीशनिश्चरे नगरकी १३ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा आँखा डाक्टर पक्राउ परेका छन् ।
पथरीशनिश्चरे–१ स्थित दृष्टि चस्मा घरमा कार्यरत सप्तरी जिल्ला स्थायी घर भएका २८ वर्षीय आँखा डाक्टर राजेश साहलाई इलाका प्रहरी कार्यालयले बलात्कार आरोपमा पक्राउ गरेको हो ।
साहलाई पीडित परिवारले इप्रका पथरीमा जबरजस्ती करणी सम्बन्धी किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । आँखा डाक्टर साहले अश्लिल भिडियो देखाउँदै ती बालिकालाई पटकपटक जबरजस्ती करणी गरेको पीडित बालिकाले प्रहरीको बयानमा दिएकी छन् ।
साह र पीडित परिवार एउटै घरको फ्लाइटमा डेरा बस्दै आएका थिए । बालिकाको अभिभावक घरमा नभएको बेला साहले ती बालिकालाई अश्लिल भिडियोहरु देखाउँदै जबरजस्ती करणी गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ साहविरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर कारबाही तथा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले जानकारी दिए ।














Discussion about this post