उदयपुर : चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका ३ मुसहरीमा मंगलबार साँझ दुईजनाको मृत्यु भएको छ ।
चट्याङले लागेर स्थानीय ३९ वर्षीया ललिता सदा र ४० वर्षीया फूलकुमारी सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
प्रहरीका अनुसार घर नजिकै खेतमा काम गर्दै गरेका उनीहरुलाई चट्याङले लागेर गम्भीर घाइते भएका थिए ।
उपचारको क्रममा उनीहरुको जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post