संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका ३ स्थित नयाँ बस्ती भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुर नगरपालिका २ घर भई हाल सोही स्थानमा निर्माणाधीन अरुण तेस्रो जलबिद्युत आयोजनाको रोयल हाईड्रो कम्पनीमा काम गर्ने मजदुर ५२ वर्षीय खड्ग बहादुर गुरुङ रहेका छन् ।
शनिबार हेदाङना बजार गई बेलुका फर्केने क्रममा बाटोमा रहेको भीरबाट अचानक लडेर अन्दाजी ६० मिटर तल झर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङको शव आज बिहान ११ बजे प्रहरीले फेला परेको थियो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post