इटहरी : इटहरीमा ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार साँझ भएको दुर्घटनामा विराटनगर ६ बस्ने ४० वर्षीया भुल्किदेवी कामतको मृत्यु भएको हो ।
इटहरी १३ स्थित कोशी लोकमार्गमा काली मन्दिर चोकबाट भित्री सडकतर्फ जाने क्रममा ना ४ ख ८३७१ नम्बरको ट्रकले पैदल यात्री कामतलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट महिला गम्भीर घाइते भएकी थिइन् ।
उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचारको लागि पठाइएपनि मृत्यु भएको प्रहरीले जनाएको छ । चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
ट्रक चालक जिल्ला मोरङ विराटनगर ४ बस्ने ३६ वर्षीय रोहित राई इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेका छन् ।














Discussion about this post