मोरङ : मोरङको बेलबारीमा आफ्नै छोरीमाथि बलात्कार गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली सेनाका एक जना पूर्व जमदारलाई आफ्नै छोरी बलात्कार गरेको आरोपमा बेलबारीबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार आफ्नै १४ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बेलबारी ११ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्ने पुरुष नेपाली सेनाका पूर्व जमदार रहेको खुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान थालिएको छ ।














Discussion about this post