इटहरी : प्रदेश १ मा दुईजना मन्त्रीहरुलाई नियुक्त गरिएको छ ।
मुख्यमन्त्री भीम आचार्यले शुक्रबार दुई जना मन्त्री नियुक्त गरेका हुन् । लछुमन तिवारी र बलबहादुर साम्सोहाङलाई मन्त्री नियुक्त गरिएको हो ।
ताप्लेजुङका बलबहादुर साम्सोहाङ सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन् । यस्तै, तेह्रथुमका लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
लक्ष्मण र बलबहादुर दुवै माधव नेपाल पक्षमा थिए । तर, पछिल्लो समय माधव नेपालले एमाले विभाजित गरी दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) मा नगई एमालेमै बस्ने निर्णय लिएका थिए ।
दुवैजनालाई शुक्रबार साँझ प्रदेश प्रमुख सोमानाथ अधिकारी प्यासीले सपथग्रहण गराएका छन् ।














Discussion about this post