उदयपुर : उदयपुर त्रियुगा नगरपालिका ८ देउरीका वीरेन्द्रप्रसाद चौधरीको १४ वर्षीय छोरा निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको छ ।
बुधबार बेलुका घर नजिकै रहेको चौरीबाट खेलेर घर फर्कने क्रममा अबिरल बर्षातसँगै परेको चट्याङ लागेर अचेत अवस्थामा रहेका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post