धरान : नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्र्तगत धरानका नगर अधिवेशनबाट निर्वाचित भएका नगर समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।
बुधबार (आजं) धरान १२ स्थित गीता भवनमा कांग्रेस धरानका निवर्तमान सभापति एवं मेयर तिलक राईको सभाध्यक्षमा एक कार्यक्रमको आयोजना गरी निर्वाचन समितिद्वारा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको हो । कांग्रेस धरानको नगर अधिवेशन असोज ९ गते भएको थियो ।
उक्त अधिवेशनबाट नगर सभापति श्याम पोखरेलको नेतृत्वमा पदाधिकारी सहित एकसय एकजना सदस्यहरु निर्वाचित भएर आएका छन् ।
नगर सभापतिका प्रत्यासी किशोर राईले नवनिर्वाचित सभापति पोखरेलको नेतृत्वलाई शुभकामना दिदैँ यो अधिवेशन गैर पार्टीसँगको प्रतिदन्द्ध नभई कांग्रेसको आन्तरिक प्रतिष्पर्धा भएकाले कांग्रेस एक भएर जानूपर्ने बताए ।
नव निर्वाचित नगर सभापति श्याम पोखरेलले आफ्नो समूहले पार्टीको शिर उच्च बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे । ‘तिहारपछि कांग्रेसको नगर समिति गाउँगाउँमा प्रवेश गर्छ, टोलटोलमा जान्छ, नगर समिति पार्टी अफिसमा मात्र बस्दैन, अब २० वटै वडामा छरिएर जान्छ,’ उनले भने ।
यस्तै, नगर समितिको कोषाध्यक्ष पदमा सर्वसम्मत रुपमा निवर्तमान नगर सह–सचिव पञ्चकला राईलाई मनोनित गरिएको छ ।
निवर्तमान सभापति एवं मेयर तिलक राईले निर्वाचनमा अधिकृत र प्रतिनिधिको रूपमा खटिएका सिङ्गो शिक्षक टिमलाई धन्यवाद दिए ।












Discussion about this post