इटहरी : शनिवार (आज) बिहान इटहरी २० तरहरास्थित जंगलमा घाँस काट्न गएकी एक स्थानीय महिलाले झाडी छेउ असामान्य दृश्य देखिन्।
नजिक पुगेर हेर्दा त्यहाँ भर्खरै जन्मिएको एक नवजात शिशु एक्लै छोडिएको अवस्थामा फेला परेको थियो। चिसो हावा, सुनसान जंगल र असहाय अवस्थाको त्यो दृश्य हृदयविदारक थियो।
ती महिलाले तत्काल प्रहरीलाई खबर गरिन्। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर अत्यन्त सावधानीपूर्वक नवजात शिशुको उद्धार गरेको थियो।
उद्धारपछि शिशुलाई उपचारका लागि इटहरी अस्पताल लगिएको थियो।
चिकित्सकहरूको प्रारम्भिक स्वास्थ्य परीक्षणपछि शिशुको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ। समयमै उद्धार भएकाले सम्भावित जोखिम टरेको भन्दै स्थानीयले राहत महसुस गरेका छन्।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय इटहरीमार्फत शिशुलाई निःसहाय बालबालिका सेवा आश्रमको जिम्मा लगाइएको छ।
इटहरी ४ मा रहेको आश्रममान शिशुले संरक्षण, स्याहार र माया पाउने विश्वास गरिएको छ।















Discussion about this post