विराटनगर : विराटनगरमा ११ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरिएको घटना तीन सातापछि बाहिरिएको छ ।
विराटनगर महानगरपालिका ४ का ५० वर्षीय लभ कोइरालाले छिमेकी बालिकामाथि बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार कोइरालाले गत भदौ २२ गते दिउँसो बालिकामाथि जबरजस्तीको प्रयास गरेको खुलेको छ ।
घरमा अभिभावक कोही पनि नभएको र एक्लै रहेको मौकामा छिमेकी बालिकामाथि बलात्कारको प्रयास भएको डीएसपी श्रेष्ठले बताए ।
उनका अनुसार घटना बाहिर नल्याउन विभिन्न धाक, धम्की दिएका कारण बालिका डराएकाले बलात्कार प्रयासको घटना तीन सातासम्म गुपचुप रहेको पाइएको हो ।
बलात्कारको प्रयास गर्ने कोइरालाविरुद्ध पक्राउ गरी जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post