मोरङ : मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सियाको वीपी चोकमा रहेको सिटीजन्स बैंकको शाखा र विराटनगरको मेनरोडस्थित गार्मेन्टमा भएको लुटपाटमा संलग्न थप एकजना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाको साथबाट पेस्तोलसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
बैंक लुटपाटमा संलग्न तीनजनालाई यसअघि नै प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियो । प्रहरीका अनुसार फरारमध्येका एक जनालाई सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।
तर, यसबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन । मुख्य अनुसन्धान टोली व्यस्त रहेकोले विस्तृत सूचना सार्वजनिक गर्न नसकिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा भएको प्रगतिबारे मंगलबार प्रेस विज्ञप्ति मार्फत् जानकारी दिइने मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले जानकारी दिए । उक्त समूहले २२ असोजमा गार्मेन्ट र २५ असोजमा बैंक लुटेको थियो ।
प्रहरीका अनुसार उनीहरुले बैंकबाट करिब २४ लाख रुपैयाँ र गार्मेन्टबाट ११ हजार रुपैयाँ एवं ४ मोबाइल लुटेका थिए । लुटिएको रकम बरामद गर्न प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post