पाँचथर : पाँचथरमा बाढीपहिरोको भयावह स्थिति भएको छ । एउटै पालिकाका २१ सहित जिल्लामा २८ जनाको बाढीपहिरोमा परेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार जिल्लाको मिक्लाजुङ गाँउपालिकामा मात्रै पहिरो तथा खोलाले बगाउँदा २१ जनाको मृत्यु भएको गाँउपालिका अध्यक्ष अमर माखिमले पुष्टि गरे । उनका अनुसार अझै ३ जना बेपत्ता छन् ।
मिक्लाजुङ ५ मा १५ जनाको मृत्यु, २ बेपत्ता, वडा नं. १ मा २, वडा २ मा २ जना, ४ मा खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । यस्तै ७ मा २ जनाको मृत्यु भएको बताइएको छ । मिक्लाजुङ ५ को कुरुम्बामा एकैठाँउ ११ जनाको मृत्यु भएको छ ।
सदरमुकामस्थित फिदिम ४ मा दुई जना, फाल्गुनन्द गाँउपालिकामा ३ जना र कुम्मायकमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता, प्रहरी निरीक्षक डम्बर बिश्वकर्माले जानकारी दिए ।














Discussion about this post