इटहरी : नेपाली कांग्रेसका दुवै समूहले प्रदेश १ मा उमेद्दारको टुंगो लगाएको छ । बिहीबार अबेला मात्रै पौडेल समूहले विराटनगरका गुरूराज घिमिरेलाई उमेद्दार बनाएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत शनिबार हुने निर्वाचनमा पौडेल समूहले घिमिरेलाई उमेद्दार बनाएको हो । देउवा–सिटौला समूहबाट भने झापाका उद्धव थापालाई सभापतिमा उठाएको छ ।
सभापतिका आकांक्षीका लागि प्रदेश १ का संसदीय दलका नेता समेत रहेका सुनसरीका राजीव कोइराला पनि थिए ।
तर, कोइरालालाई ‘ब्याक’ गर्दै पौडेल समूहले घिमिरेलाई टिकट दिएपछि कार्यकर्ताहरूले आलोचना गरेका छन् । कतिपय कार्यकर्ताले शीर्ष नेताहरूलाई प्रश्न गर्दै भनेका छन्, ‘देश भनेको काठमाडौँ मात्रै र प्रदेश भनेको विराटनगर मात्रै हो ?’
केन्द्रीय सदस्य समेत रहेका घिमिरेलाई पौडेल समूहले बिहीबार अबेला मात्रै सभापतिका लागि टिकट तय गरेको हो ।
सभापतिका आकांक्षीका लागि प्रदेश १ का संसदीय दलका नेता समेत रहेका सुनसरीका राजीव कोइराला पनि थिए ।
तर, कोइरालालाई ‘ब्याक’ गर्दै पौडेल समूहले घिमिरेलाई टिकट दिएपछि कार्यकर्ताहरूले आलोचना गरेका छन् । कतिपय कार्यकर्ताले शीर्ष नेताहरूलाई प्रश्न गर्दै भनेका छन्, ‘देश भनेको काठमाडौँ मात्रै र प्रदेश भनेको विराटनगर मात्रै हो ?’
पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले बुधबार नै झापाका उद्धव थापालाई सभापतिको उमेद्दार बनाएको हो । तर, पौडेल समूहले भने कसलाई उठाउने भन्ने विषयमा निक्र्यौल निकाल्न नसक्दा बिहीबार अबेला मात्रै घिमिरेलाई सभापतिमा उठाउने तय गरेसँगै कार्यकर्ता रुष्ट बनेका हुन् ।
पहिलोपटक पार्टीभित्र प्रादेशिक संरचनाका लागि चुनावी अभियानमा रहेको सत्तारूढ नेपाली कांग्रेसको प्रदेश १ सभापतिमा घिमिरे र थापाबीच प्रतिष्पर्धा हुने भएपछि माहोल रोचक बनेको छ ।

Discussion about this post