मोरङ : मोरङको सुनवर्षी नगरपालिका ७ मा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
बलात्कार आरोपमा स्थानीय २२ वर्षीय सुरेन्द्र ऋषिदेवलाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको हो ।
अपाङ्गता भएकी १७ वर्षीया किशोरीलाई उनकै घरमा गएर बलात्कार गरेको उजुरीको आधारमा ऋषिदेवलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको इलाका प्रहरी रंगेलीका प्रहरी निरीक्षक अनमोल खडकाले जानकारी दिए ।
किशोरीलाई भान्छा कोठामा लगेर बलात्कार गरिरहेको अवस्थामा किशोरीकी आमाले देखेपछि हल्ला गरेको पीडित परिवारले जनाएको छ । हल्ला भएपछि फरार भएका ऋषिदेवलाई रंगेली प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका ऋषिदेवलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post