विराटनगर : कोरोना भाइरस संक्रमणको तेस्रो भेरियन्ट सुरु भएयता विराटनगरको कोसी अस्पतालका ९४ स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार विराटनगरको कोसी अस्पतालमा मात्रै मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दाससहित ९४ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।
निर्देशनालयका अनुसार प्रदेशभर संक्रमित हुनेमा ७३ चिकित्सक, १ सय ४८ नर्स, ६० कार्यालय सहयोगी र बाँकी प्रयोगशाला, रेडियोलोजी, पारामेडिक्स, प्रशिक्षार्थी स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीलगायत छन् ।
प्रदेशका ३१ अस्पतालमा सबैभन्दा बढी संक्रमण कोसी अस्पताल, विराट मेडिकल कलेज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युरो अस्पतालका स्वास्थ्यकर्मीमा देखिएको छ ।
कोसी अस्पतालका अनुसार संक्रमित हुनेमा १५ चिकित्सक, ३२ नर्स, ९ पारामेडिक्स, ७ प्रशासनिक कर्मचारी, ६ ल्याब टेक्निसिसयन लगायत प्रयोगशालाकर्मी र २५ कार्यालय सहयोगी छन् । १० जना निको भएर काममा फर्केको अस्पतालले जनाएको छ ।














Discussion about this post