इटहरी : १७ वर्षीया किशोरी बलात्कारको आरोपमा इटहरीका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं. ४ का २४ वर्षीय सन्तोष कटवाल रहेका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार तेह्रथुमकी एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अरोपमा कटवाललाई शनिबार पक्राउ गरिएको हो।
कटुवालले ती किशोरीलाई बिहीबार साँझ बलात्कार गरेको प्रहरीमा उजुरी परेसँगै पक्राउ गरिएको हो ।
घटनाबारे इलाका प्रहरी कार्यालय बसन्तपुरले थप अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post