इटहरी : इटहरीमा यूटर्न इन्टरनेशनले ‘स्वास्थ्य र समृद्धि जागरण अभियान’ कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा संघीय सांसद तथा पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्माले देशलाई आत्मनिर्भर बनाउन कृषि उत्पादनमा जोड दिनुपर्ने बताए ।
यूटर्नले मौरीजन्य सामाग्री र नेपाली जडिबुटीको प्रयोग गरेर देशमा उत्पादन गरी रोजगारी सिर्जना गरेको भन्दै प्रसंसा गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका उनले प्रत्यक्ष बिक्री प्रणालीबाट उपभोक्ताले सबैभन्दा फाइदा लिने बताए ।
कार्यक्रममा यूटर्न इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा अध्यक्ष बलराम सुवेदीले नेपाललाई आत्मनिर्भरताको बाटोमा अगाडि बढाउन यूटर्नले जीवनशैली परिवर्तनको नारा सहित प्रत्यक्ष बिक्री प्रणालीबाट व्यवसाय गर्दै आएको बताए ।
यसले रोजगार सिर्जना गर्ने र स्वदेशी कच्चा पदार्थबाट सामाग्री उत्पादन गरी विदेश निर्यात गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।
कार्यक्रममा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेल, जीवनविज्ञान सुनसरीका संयोजक केदारमानकार्की लगायतले यूर्टनका उत्पादनले मानवीय स्वस्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए ।
कार्यक्रममा यूटर्नका मार्केटिङ डाइरेक्टर अर्जुन गिरीले कम्पनीको विभिन्न स्कीम विजेताहरुलाई पुरस्कार वितरण तथा सम्मान गरे ।
मौरीजन्य पौष्टिक आहार, हिमाली जडिबुटीको जुस तथा सुपर कस्मेटिक पदार्थ उत्पादन गर्दै आएको यूटर्नले स्वास्थ्य र समृद्धिका लागि कार्यक्रम आयोजना गरेको हो ।
प्रत्यक्ष बिक्री प्रणालीमार्फत आफ्ना उत्पादन कार्यक्रममा झापा मोरङ र सुनसरीका करिब चारसय जनाको उपस्थिति थियो ।














Discussion about this post