इटहरी : नेकपा एमाले सुनसरीले चैत ३० गते सुनसरीमा आमसभा गर्ने भएको छ ।
इनरुवामा आयोजना गर्न लागिएको सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सुनसरीले जनाएको छ ।
एमाले जिल्ला प्रचार विभागले आज पार्टी कार्यालय इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी आमसभाको विषयमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले सुनसरीमा अन्य दलको गठबन्धनले एमालेलाई कुनै असर नगर्ने समेत बताए ।














Discussion about this post