Wednesday, June 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानका मेयर तिलक राईको अन्तिम पत्रकार सम्मेलन, प्रतिकूल परिस्थितिमा पनि महत्वपूर्ण उपलव्धि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २७, २०७९
in समाचार
0
धरानका मेयर तिलक राईको अन्तिम पत्रकार सम्मेलन, प्रतिकूल परिस्थितिमा पनि महत्वपूर्ण उपलव्धि
210
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पूर्ण कार्यकाल काम गर्न नपाएपनि प्रतिकुल परिस्थितिमा आफ्नो अढाई वर्षे कार्यकालका उपलव्धिहरु सहित धरानको खानेपानीका बारेमा श्वेतपत्र जारी गरेका छन् ।

सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रतिपक्षको दवाव, कोरोना महामारीले देशै ठप्प बनाएको अवस्थमा भएका कामहरु उपव्धिपूणर् भएको बताउँदै भने ‘तथापी पूर्ण कार्यकाल नभएकोले म सन्तुष्ट छैन ।’

उपचुनावबाट निर्वाचित भई मेयर बनेका राईको कार्यकालमा नगरपालिका बोर्डमा उपमेयर सहित दुई तिहाई प्रतिपक्ष एमाले र माओवादी सदस्य थिए ।

त्यस्तो अवस्थामा प्रतिपक्षसंग सहकार्य, सन्तुलन गरेर आफ्नो तथा नेपाली कांग्रेसको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उनलाई ठूलो चुनौती र दबाब थियो । उनले आफु मेयर भए आउँदा नगरपालिकाका विकासे समितिहरु बनिसकेको, नियुक्तीहरु सबै भैसकेको थियो, तिनै पुराना संयन्त्रहरु परिचालन गरेर नयाँ काम गर्ने चुनौतीको सामना गर्दै आफुले काम गरेको बताए ।

उनले भने ‘म आउनु अघि ठेक्का पट्टाहरु कसरी लाग्थे थाहा भएन, म आएपछि भने विकास, निर्माणका सबै कामहरु लागत स्टेमेट भन्दा घटी दरमा भएका छन् ।’ यसबाट कमिशनखोरी नियन्त्रण भएको अनुभव उनले गरेका छन् ।

श्वेतपत्रमा पारदर्शी गरिए अनुसार मेयर राईको कार्यकालमा टेण्डरबाट गरिने धरानका विकास निर्माणका प्रायः सबै काम बजेटको लागत अनुमान भन्दा सरदर ३० प्रतिशत भन्दा कम लगानीमा सम्पन्न भएका देखीएका छन् । क्रमागत योजना सहित उपमहानगरपालिकाको बजेट विनियोजन भएका २०४ वटा योजनाहरुका काममा त्यसरी सम्पन्न भएको हा । धेरै अल्पकालिन योजनाहरुमा मेयर कोषबाट सम्पन्न भएका हुन् ।

मेयर राईको चुनावताका धरानमा सबैभन्दा बढी खानेपानी आयोजनाको कुरा बहसमा थियो ।

खानेपानीको आन्दोलनमा सडकमै उत्रिएका नेपाली कांग्रेसका नेता पनि थिए । चुनावबाट मेयर बनेका राईले आफुले पद सम्हालेको अवस्थामा खानेपानी आयोजनाको योजनावधि सकिएको थियो, जबकि प्राविधिक रुपमा योजना अधुरै अवस्था रहेको बताए ।

तर, तत्कालिन उपमहानगरपालिका नेतृत्वले यसलाई गम्भिर रुपमा लिएर कुनै कदम नचालेको संकेत गरे । उनले भने ‘मेरे पदस्थापन मंसीरमा भयो पुसमा आयोजनाको अवधि सकिएको थियो ।’

प्राविधिक रुपमा आयोजनाको काम पुरा गरिएमा धरानमा खानेपानीको अहिलेको जस्तो संकट नहुने बताउँदै मेयर राईले भने ‘वेलको पम्प स्टेशनमा रिजभ्र्वायरमा पानी पठाउन पम्म विग्रिरहने र त्यस्को मर्मत धरानमा नहुने भएकोले पानी भएपनि आपूर्तीमा गडबढी हुने गरेको हो ।’ धरानमा खानेपानी आयोजना ल्याउँदा आवश्यकता भन्दा बढी महत्वाकाँक्षी प्रचार गरिएकोले पनि खानेपानी आयोजना बारे नकारात्मक धरणा बढेको उनले बताए ।

उनको श्वेतपत्रमा भनिएको छ ‘आयोजना कार्यान्वयनका बेला नगरबासीमा आवश्यकता भन्दा बढी महत्वकांक्षा जगाइदिदा अविश्वास देखिएको हो, १८ घण्टा पानी आउने, ७ मिटरको प्रेसरमा तिन तल्ला माथी सजिलै पुग्ने ग्यारेन्टी गरिदा अहिले समस्या देखीएको हो ।’

खानेपानी आयोजना कार्यान्वयनका बेला खानेपानी संस्थानसंगको समन्वय अभाव र तिक्तातपूणर् व्यवहारका कारण मुख्य शहरको भूभागमा मुख्यकाम अधुरो रहेको सहितका कुराहरु श्वेतपत्रमा मेयर राईले उल्लेख गरेका छन् ।

खानेपानीका बारेमा बुँदागत भनाई

१, मंसिरमा पदास्थापन, पुसमा आयोजनाको समय सकिएको ९नेपाल सरकार र दाताको सम्झौता अनुसार

२, नगर प्रमुखको हैसियतले विज्ञ समूह गठन गरी विज्ञको रिपोर्ट अनुसार खानेपानी संस्थान र आयोजना जिम्मा लिनेरहस्तान्रतण हुने धारणा

३, कार्यपालिका र नगरसभामा प्रतिपक्ष दलको निरन्तरको दबाबका कारण ठेकेदारलाई आयोजना कार्यान्वयनका लागि परिक्षण र आयोजना कार्यान्वयनका लागि संस्थानको कार्य क्षेत्र हस्तान्तरण गरिएको

४, आयोजनाको समय सकिएसँगै कन्सल्ट्यान्ट विडिए नेपालले पनि जिम्मेवारी छाडेको । ठेक्का सम्झौता मै कन्सल्ट्यान्टको रकम र समय उल्लेख भएको । थप कामको लागि मासिक २० औं लाख नगरपालिकाले बेहोर्नु पर्ने अवस्थाका कारण कन्सल्ट्यान्टलाई उद्योग वाणिज्य संघमा पत्रकार समेतको आम भेलामा आयोजनाको बारेमा जानकारी गराउन लगाएको

५, आयोजना कार्यान्वयनका बेला नगरबासीमा आवश्यकता भन्दा बढी महत्वकांक्षा जगाईदिदाँ अविश्वास देखिएको, १८ घण्टा पानी आउने, ७ मिटको पे्रसरमा तिन तल्ला माथि सजिलै पुग्ने ग्यारेन्टी गरिदाँ हालमा समस्या देखिएको

६, आयोजना कार्यान्वयनका बेला खानेपानी संस्थानसँगको समन्वयको अभाव र तिक्ततापूणर् व्यवहारका कारण मूख्य शहरको भूभागमा मूख्य काम अपुरो रहेको

७, संस्थानको पुरानो पाईपको सञ्जालको बारेमा कुनै जानकारी नापनक्शा नहुँदा नयाँ पाईप लाईन विस्तार र ईन्टरकनेक्सनमा समस्या देखिएको, पुरानो पाईप लाईनको पुनः निर्माण नभएको

८, योजनाको डिपिआर कार्यतालिका अनुसार आयोजना सकिन एक वर्ष अगाडी खानेपानी संस्थानको सम्पूणर् क्षेत्र र स्वामित्व आयोजनालाई हस्तान्तरण गर्नुपर्नेमा आयोजनाको समय सकिएको दुई वर्षपछि हस्तान्तरण हुँदा आयोजना भित्रैबाट पुनः निर्माण गर्न नसकिएको

९, खानेपानी संस्थानको पुरानो जिणर् संरचना ईलोक्ट्रो मेकानिकल क्षेत्रको कुनै काम गर्न नसकिएको, पम्पहरु हप्ता हप्तामा बिग्रिएर पानी उत्पादन र वितरणमा समस्या देखिएको

१०, आयोजनाको छलफलको समयदेखि नै संस्थानसमेत बोर्डमा हस्तान्तरण हुने चर्चाका कारण खानेपानी संस्थानले त्यति लामो समयदेखि मर्मत सम्भार, पुनः निर्माण र रेखदेखमा नजर अन्दाज गरिदिदा संस्थानको त्यति पुरानो संरचना झनै जिणर् अवस्थामा पुगेको

११, संस्थानका पुराना कर्मचारी जो प्राविधिक फिल्डमा खट्ने, वितरण र उत्पादनसँग सम्बन्धित सबै बोर्डमा हस्तान्तरण नहुँदाका कारण पनि खानेपानी वितरण र उत्पादनमा सकस्या देखिएको

१२, योजना कार्यान्वयनको चरणमा आयोजनाको पक्षबाट मिहिनढंगबाट अनुगमन निरिक्षण नहुँदा सामान्य समस्याहरुका कारण वितरणमा समस्या देखिएको छ । पाईपहरु ब्लक हुने, पानीको प्रेसरमा समस्या, आवश्यक मात्रामा भल्वहरुको सहि व्यवस्थापनमा समस्या देखिएको छ ।

१३, त्यति ठूलो आयोजना कार्यान्वयनका लागि बलियो सरकाररसर्वपक्षिय सहमति पहिलो आवश्यकताको रुपमा हुनुपथ्र्यो, जुन सुरुदेखि नै अनुकुल हुन सकेन ।

१४,कर्मचारी कार्यकारी प्रमुख भएको बेला योजना कार्यान्वयन हुनु र सर्वपक्षिय संयन्त्रको अभावका कारण योजना कार्यान्वयनमा सहजिकरण हुन नसक्दा समस्या थपिदै गएको देखिन्छ ।

१५, नेपाल सरकार र दातृ निकायबिच सम्झौता भईसकेको अवस्थामा नगरपलिकाको समेत सहभागि भईसकेपछि संस्थानसँग समन्वय सरकारकोतर्फबाट नहुनु वा संस्थानले स्वीकार नगर्नु विडम्बनाको रुपमा रह्यो

१६, आयोजना निर्माणको कार्यालय खानेपानी संस्थानमै रहेको भए वा संस्थान र आयोजनाको संयूक्त निर्माण संयन्त्र भएको भए थुप्रै समस्या सहजिकरण हुँदै जाने अवस्था रहन्थ्यो

१७, आयोजना कार्यान्वयनको जिम्मेवारी नेपाल सरकार सहरी विकास मन्त्रालय मातहत खानेपानी विभाग मार्फत नभई सहरी विकास विभागबाट हुँदा खानेपानी उत्पादन र वितरणमा मात्र नभई अन्य सिभिल काममा धेरै बजेट खर्च हुँदा बजेटको आकार धेरै देखिएको यस्तो अवस्थामा विभागिय रुपमा जवाफदेहि कार्यालय अग्रसर नहुँदा मूख्य काम र मूख्य क्षेत्रमा योजना केन्द्रित नहुँदा समस्या देखिएको

१८, फरक कार्यालय विभागबाट योजना अगाडी बढाउँदा स्वामित्व ग्रहण अवश्यकताको केन्द्रिकरण र सञ्चालनमा प्रभाव देखिएमा योजनाको नामाकरणमा समेत प्रभावदेखिएको ९एकिकृत सहरी विकास तथा खानेपानी आयोजना० सहरी विकासको योजना भएको कारणबाट सहरी विकासलाई प्राथमिकतामा राखिएको, खानेपानी विभागबाट गरिएको भए खानेपानी नै मूख्य योजना हुनुपर्थ्यो,

१९, आयोजना कार्यान्वयनको समयमा आवश्यक विशेषज्ञता कन्सल्ट्यान्टको तर्फबाट पूणर् रुपमा निगरानी अनुगमन र सुझावको पाटोमा आवश्यक तदारुकतामा कमि महशुस भएको र त्यसलाई नियन्त्रण गर्ने आयोजना प्रमुख वा कार्यालयको तर्फबाट क्षमता राख्न नसकिएको देखिन्छ ।

२०, दाता र सरकारको तर्फबाट समेत यति ठूलो योजनामा निगरानी सुझावको पाटोमा कमि महशुस भएको आयोजना समयमा सकिएपनि आयोजनाले लक्ष्य गरेको योजना र काम पुरा भएको छैन । यस्तो संवेदनशिल योजना नेपाल सरकारको तर्फबाट पुनः जिम्मेवारी लिई योजनालाई पुणर्ता दिन जरुरी छ । यसको लागि नगरपालिकाको तर्फबाट पटक पटक सरकारलाई जानकारी गराई सहरी विकास मन्त्री ज्यूसँगको त्रिपक्षीय छलफल, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र धरान उपमहानगरपालिका (खानेपानी बोर्ड) समेतको मिति २०७८।१२।२२ गतेको बैठकको निणर्य अनुसार अध्ययन टोली गठन भई अध्ययन टोलीले प्रतिवेदन समेत बुझाएको अवस्था छ ।

२१, प्राविधिक रुपमा अत्यन्तै जटिल योजना र कामको प्रकृतिका कारण पनि खानेपानी समस्या समस्याकै रुपमा रह्यो । साविकको मुहान समस्या आउँदै जानुका साथै मुहानको स्रोत प्रत्येक वर्ष सुक्दै गईरहेको अवस्था छ भने बिग्रेका पम्पहरु तुरुन्तै बनाउने ईलोक्ट्रो मेकानिकल वर्कशपहरु नहुँदा पानी उत्पादनमा समस्या भईरहेको छ ।

२२, डिपिआर र कन्सल्ट्यान्ट एउटै कम्पनी हुँदा समेत योजना कार्यान्वयनमा प्रगति देखिएन ।

२३, सात वटा वेल मध्ये ४ वटा वेल तिनकुने सेउती क्षेत्रमा रहेको र उक्त वेलहरुले उत्पादन गर्ने पानी पिण्डेश्वर सिस्टम र सुम्निमा सिस्टममा प्रतिशतको आधारमा पानी झार्नु पर्नेमा सुम्निमा सिस्टममा प्रतिशतको आधारमा शुन्य रहेको

२४, डिपिआर अनुसार सेन्ट्रल बुस्टरमा निर्माण गरिएको ५ वटा बुस्टर मध्ये ४ वटा बुस्टरले ४ वटा पम्पले उत्पादन गरेको पानी वितरणको लागि पिण्डेश्वर सिस्टम र सुम्निमा सिस्टममा पठाउनुपर्नेमा ४ वटा बुस्टरले खपत गर्ने ९पठाउनुपर्ने० पानी उत्पादन नहुँदा लामो समयसम्म ४ वटा बुस्टर सञ्चालन गर्न नसकिएको

२५, विज्ञको रिपोर्ट, प्राविधिकको सुझाव अनुसार पछि थपिएका आयोजना बाहिरका दुई वटा वेल पुनः परिक्षण गरी सञ्चालन गरिएको, उक्त वेल सञ्चालन गरिए पछि मात्रै ४ वटा बुस्टरले क्षमता अनुसार पिण्डेश्वर सिस्टम र सुम्निमा सिस्टममा प्रतिशतको आधारमा पानी पठाउन सकिएको

२६, यो अवस्थामा पानीको उत्पादनमा समस्या र वितरणमा पनि समस्या देखिएकोले योजना पूणर् रुपमा सम्पन्न नभएको अवस्था

२७ लिकेज ४० प्रतिशत रहेको

२८, स्थानीयस्तरमा सञ्चालित सानो खानेपानी आयोजनालाई एकिकृत गर्नुपर्ने

२९, सभागृहमा टंकी थप, पिण्डेश्वर थप ट्यांकी निर्माण गर्नुपर्ने

अब गर्नुपर्ने कामहरु :

१, विज्ञ र कार्यदलले दिएको सुझाव अनुसार नेपाल सरकारले आयोजना पूणर् गर्नेगरी बजेट व्यवस्था गरी बाँकी काम सम्पन्न गर्नुपर्ने

२, जनसंख्यासँगै पानीको खपत निरन्तर बढिरहेको हुँदा समयसमयमा मुहानको संरक्षण र थप नयाँ आयोजना निर्माण गरी पानी आपूर्तिको सुनिश्चितता गर्नुपर्ने

३, त्यसका लागि थप वेलहरु थप्नुपर्ने साथै अध्ययन अनुसार सप्तकोशीबाट केही वर्षमा नै योजना कार्यान्वयनमा ल्याउनुपर्ने साथै ठूला योजनाको रुपमा धरान लेउती सुरुङमार्गसँगै खानेपानी आपूर्तीको अध्ययन गर्नुपर्ने

४, सरकारसँगको निरन्तरको छलफल र सम्पर्क र पत्राचारको आाधारमा एकिकृत खानेपानी आयोजना साविक पञ्चकन्या गाविस हालको वडाहरु ४,५,६ र साविक विष्णुपादुका हालको वडा नं। २० पटनाली समेतलाई आपूर्ति हुनेगरी अध्ययनको लागि केही ठूला सहरसँगै धरान उपमहानगरपालिका समेतको छनौट भएको जानकारी आएको छ ।

५, नगरबासीहरुको तर्फबाट समेत यो आयोजनामा अपनत्व हुनेगरी समानुपातिक वितरण उपभोगका लागि एकअर्कामा सहयोगको भावना जरुरी भईसकेको छ । पुरानो र नयाँ पाईप लाईन व्यवस्थापन, इन्टरकनेक्सनमा समस्या छ । कतै पानी आउने, कतै नआउने दुई घर पर आउने अर्कोकोमा नआउने परिस्थिति छ । यस्तो परिस्थितिलाई सामान्यकरण गर्न खानेपानीका कर्मचारी प्राविधिकहरुलाई स्वतन्त्रपूर्वक काम गर्न दिनुपर्छ । अनाधिकृत धारा हटाउने काममा समेत नगरबासी उपभोक्ताहरुले सहयोग र सहजिकरण गरिदिन अनिवार्य छ ।

विकास निर्माण कार्य
मेयर राईको अढाई वर्षे कार्यकालमा शहरीकरणका लागि आवश्यक पूवरधारका कार्यहरुमा २० किलोमिटर पक्कि सडक अढाई वर्षमा निर्माण सम्पन्न भएका छन् ।

पाँचकन्या, विष्णु पादुका सहित नयाँ सडकका दुई दर्जन बढी सडकका ट्रयाक खुलाइएका छन् भने नयाँ खुलेका सडक ट्याकमा ढल निर्माण, ग्राभेलका काम करिब ४० किलो मिटर तयार भएका छन् ।

सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरी शहरी स्वास्थ्य सेवा सबै वडाका जनताको पहुँचमा पुर्‍याइएको छ । १० वटा वडामा भौतिक रुपमा आफ्नै स्वास्थ्य केन्द्र भवन तयार गरिएको छ । पानबारी, धरान ११, अमरहाट, विजयपुर, पाथिभरा लाईन्, पटनालीमा भवन निर्माण सम्पन भएका छन् । धरान ४, ८, १६ मा निर्माणाधिन अवस्थामा छ ।

दर्जन बढी विद्यालय भवन निर्माण, मर्मत, स्तरोन्नतीका योजना अढाई वर्षे कार्यकालमा सम्पन्न भएको मेयर राईको श्वेतपत्रमा उल्लेख छ । पब्लिक मावि फुश्रोको नयाँ भवन १ करोड, २७ लाख, १० हजार, ५६२ रुपया लागतमा सम्पन्न भएको छ ।

यसैगरी शिक्षा निकेतन, पब्लिक हाइस्कुल धरान १२ सहित दर्जन बढी धरानका पुराना विद्यालय भवनहरुका योजनाहरु सम्पन्न गरिएका छन् ।

मेयर राईको अढाई वर्षे कार्यकाल मध्ये करिब डेढवर्ष कोराना महामारीको प्रतिकुल परिस्थितिमा वितेको थियो । धरानमा कोरोनबाट २३४ जनाको मृत्यु भएको आधिकारीक तथ्यांक छ ।

उपमहानगरपालिकाको कार्य कोरोना पीडितहरुको उद्धार, उपचार र राहत वितरणमा वित्यो । श्वेपत्रमा मेयर राईले कोरोना कालमा उपमहानगरपालिको खेलेको भूमिका बारेमा सविस्तार उल्लेख गरेका छन् ।

Tags: #धरान उपमहानगरपालिकातिलक राई
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

सुनसरीमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका आठ फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २०, २०८३
0

इटहरी : सुनसरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका आठ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरी निवासी भीमबहादुर प्रहरी नियन्त्रणमा 

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २०, २०८३
0

इटहरी : सुनसरी प्रहरीले ३.०३ ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित सीमा क्षेत्रमा प्रहरी चौकी नरसिंहटप्पु...

खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

‘म वातावरणको संरक्षण गर्छु’ अभियान

जेष्ठ २०, २०८३
मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन

अनुमति नलिइ यार्सागुम्बा सङ्कलन

जेष्ठ २०, २०८३
कोशीका २०८ निकायमा ५८ करोडभन्दा बढी बेरुजु

कोशीका २०८ निकायमा ५८ करोडभन्दा बढी बेरुजु

जेष्ठ २०, २०८३
खोटाङ : आफन्तकामा हिँडेकी बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गरेपछि…

कोशीमा १० महिनामा बालविवाहसम्बन्धी ३८ सूचना दर्ता : सबैभन्दा धेरै मोरङमा, सुनसरीमा कति ?

जेष्ठ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका आठ फरार प्रतिवादी पक्राउ

जेष्ठ २०, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरी निवासी भीमबहादुर प्रहरी नियन्त्रणमा 

जेष्ठ २०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

‘म वातावरणको संरक्षण गर्छु’ अभियान

जेष्ठ २०, २०८३
मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन

अनुमति नलिइ यार्सागुम्बा सङ्कलन

जेष्ठ २०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1500 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.